National life
cg eloctronics

कालीमाटी बजारमा तरकारी र फलफूलको थोक मूल्य सार्वजनिक

max lubricant tata
Aarthik voice
Aarthik voice
२ दिन अगाडि|०९ मंसिर २०८३, बुधबार
1.3kShares
कालीमाटी बजारमा तरकारी र फलफूलको थोक मूल्य सार्वजनिक
muktinatha bikash bank

काठमाडौं: कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ। समितिको मूल्यसूचीअनुसार ठूलो गोलभेँडा (नेपाली र भारतीय) को मूल्य प्रतिकिलो रु ७० तोकिएको छ। त्यस्तै, रातो आलु (लाम्चो र गोलो) को मूल्य प्रतिकिलो रु ५५ र सेतो आलुको मूल्य रु ४० कायम गरिएको छ। सुकेको भारतीय प्याजको थोक मूल्य रु ९६ प्रति किलो रहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

हरियो तरकारीतर्फ तने बोडीको मूल्य रु १००, तितो करेला रु ९० र लौका रु ८० प्रति किलो तोकिएको छ। सागसब्जीमा रायो साग र तोरीको साग दुवैको मूल्य रु ८० प्रति किलो छ भने पालुङ्गो साग रु १३० र मेथीको साग रु १५० प्रति किलोमा कारोबार भइरहेको छ। च्याउको मूल्यमा कन्य च्याउ रु ३५०, डल्ले च्याउ रु ५५० र सिताके च्याउ रु १,००० प्रति किलो निर्धारण गरिएको छ।

फलफूलतर्फ नेपाली केराको मूल्य प्रति दर्जन रु १५० छ। स्याउको मूल्यमा फूजी र जुम्ली स्याउ रु ३५० तथा मुस्ताङी स्याउ रु २५० प्रति किलो तोकिएको छ। अनारको थोक मूल्य रु ४००, सुन्तलाको रु १२० र मेवाको मूल्य रु ६० देखि रु १२० प्रति किलोसम्म रहेको छ।

everest bank

मसला तथा अन्य वस्तुमा सुकेको खुर्सानी रु ५५०, नेपाली लसुन रु २६० र हरियो धनियाँ रु १५० प्रति किलो निर्धारण गरिएको छ। ताजा माछा (रहु) को मूल्य रु ३७० र सुकेको माछाको मूल्य रु १,००० प्रति किलो कायम भएको छ। समितिका अनुसार अधिकांश तरकारी र फलफूलको मूल्य माग र आपूर्तिको आधारमा दैनिक परिवर्तन हुने गर्दछ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?