National life
cg eloctronics

यस्तो छ आज बिहीबारको तरकारी र फलफूलको थोक मूल्य

max lubricant tata
Aarthik voice
Aarthik voice
८ दिन अगाडि|०३ मंसिर २०८३, बिहिबार
1.5kShares
यस्तो छ आज बिहीबारको तरकारी र फलफूलको थोक मूल्य
muktinatha bikash bank

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बिहीबारका लागि कृषि उपजहरूको थोक मूल्य सार्वजनिक गरेको छ।

समितिले निर्धारण गरेको मूल्यसूची अनुसार सुकेको भारतीय प्याजको औसत मूल्य प्रतिकिलो ९२ रुपैयाँ ५० पैसा र लोकल गाजरको मूल्य ८५ रुपैयाँ कायम गरिएको छ।

बजारमा ठूलो गोलभेडाको औसत मूल्य ६५ रुपैयाँ तोकिएको छ, जुन न्यूनतम ६० देखि अधिकतम ७० रुपैयाँसम्ममा कारोबार भइरहेको छ। त्यस्तै, सानो लोकल गोलभेडाको औसत मूल्य १५ रुपैयाँ, टनेलको गोलभेडाको ४१ रुपैयाँ र तराईको सानो गोलभेडाको मूल्य ३८ रुपैयाँ ७५ पैसा रहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

आलुतर्फ रातो आलुको औसत मूल्य ४७ रुपैयाँ ५० पैसा, भारतीय रातो आलुको ३२ रुपैयाँ ५० पैसा र सेतो आलुको २९ रुपैयाँ ३३ पैसा तोकिएको छ।

अन्य तरकारीहरूमा तराईको गाजरको औसत मूल्य ५५ रुपैयाँ, लोकल बन्दाको २५ रुपैयाँ, स्थानीय काउलीको ३० रुपैयाँ र तराईको काउलीको १७ रुपैयाँ ५० पैसामा कारोबार भइरहेको समितिले जनाएको छ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?