National life

जावलाखेलमा एक दिने बृहृत ‘च्याउ' मेला तथा परिकार महोत्सव’ सञ्चालन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ पुस २०८०, आइतबार
444Shares
जावलाखेलमा एक दिने बृहृत ‘च्याउ' मेला तथा परिकार महोत्सव’ सञ्चालन
ncell

काठमाडौं । आज आइतबार जावलाखेलमा एक दिने बृहृत ‘च्याउ' मेला तथा परिकार महोत्सव’ सञ्चालन हुने भएको छ।

च्याउ उत्पादक किसान संघ नेपालले राष्ट्रिय च्याउ दिवसको अवसरमा च्याउ प्रवर्द्धनका लागि आज अर्थात पुस १५ गतेका दिन ललितपुरस्थित जावालाखेल खेलमैदानमा उक्त मेलाको आयोजना गर्न लागेको हो ।

‘च्याउ किसानहरूको जागरुपता, व्यवसायिक उत्पादनद्वारा आत्मनिर्भरता’ भन्ने नाराका साथ आयोजना गरिने उक्त मेलामा च्याउसँग सम्बन्धित ३० ओटा स्टलहरू रहने आयोजकको भनाई छ । कार्यक्रम बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म चल्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

च्याउको विभिन्न परिकारहरू प्रदर्शनीमा राखिनेछ । साथै, कन्य, गोभ्रे, किङ वयस्टर र सिताके च्याउ उत्पादनको व्यवहारिक प्रदर्शनीसमेत गरिने जनाइएको छ ।

राष्ट्रिय कलाकारहरूको उपस्थितिमा विशेष सांस्कृति कार्यक्रमसमेत हुने भनिएको सो महोत्सवमा निःशुल्क रूपमा प्राथमिक स्वास्थ्य उपचारको व्यवस्था पनि हुने च्याउ उत्पादक किसान संघ नेपालले जानकारी दिएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
444SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?