National life

बाँदर नियन्त्रण गर्न जंगलमा वनजन्य फलफूल खेती

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२६ भदौ २०८०, मङ्गलबार
469Shares
बाँदर नियन्त्रण गर्न जंगलमा वनजन्य फलफूल खेती
ncell

धनकुटा । किसानका खेतीपातीमा लाग्ने बाँदर नियन्त्रणका लागि धनकुटाका सामुदायिक वनमा वनजन्य फलफूल खेती सुरु गरिएको छ। कोशी प्रदेश सरकारको रु १० लाखको सहयोमा आर्थिक वर्ष २०७९/८० देखि डिभिजन जिल्ला वन कार्यालयले उक्त कार्यक्रम सुरुवात गरेको हो। प्रदेश सरकारको ‘प्रदेश वन विकास कार्यक्रम’अन्तर्गत करिब आठ हेक्टर (१५७ रोपनी) मा फलफूल खेती गरिएको छ।

जिल्लाका सात वटा सामुदायिक वनमा विभिन्न नौ जातका १२ हजार सात सय वनजन्य फलफूलको बिरुवा रोपिएको कार्यालयका योजना अधिकृत राजन राईले जानकारी दिए।

Royal Enfield
nic asia capital
पाख्रिबास नगरपालिकाको जनता सामुदायिक वन, महालक्ष्मी नगरपालिकाको अर्खौले, छथर जोरपाटी गाउँपालिकाको गोगनपानी, धनकुटा नगरपालिकाको ढोडनी कालीवन र लामाटार, चौबिसे गाउँपालिकाको बुटेनी र सागुरीगढी गाउँपालिकाको जोगीथुम्का सामुदायिक वनमा बिरुवा रोपिएको छ।

प्रत्येक सामुदायिक वनमा कहटहर, अम्बा, अमला, जामुन, लप्सी, बर्रो, ओखर, हलुवाबेद र चिउरीका एक हजार १२ देखि एक हजार १९ वटासम्म बिरुवा रोपिएको उनले जानकारी दिए। वनजन्य फलफूलका बिरुवा रोपेपछि आगामी दिन किसानलाई बाँदरको आतङ्कबाट राहत मिल्ने र वनको जैविक विविधताको संरक्षणमा टेवा मिल्ने कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठले बताए।

‘बाँदरले वनमा नै खान पाएपछि किसानलाई दुःख दिनेछैन’ उनले भने।

यस कार्यक्रमलाई निरन्तरता दिँदै यो वर्ष पनि करिब दस हजार वनजन्य बिरुवा रोप्न तयार भइरहेको योजना अधिकृत राई जानकारी दिए। उक्त कार्यक्रमका लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारको रु पाँच लाख बराबरको कार्यक्रम छुट्याएको उनले उल्लेख गरे। जिल्लामा हाल तीन सय ८७ सामुदायिक वन छन्। रासस

यो समाचार शेयर गर्नुहोस्
469SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?