National life

भारतबाट अवैध रुपबाट ल्याइने चिनी बन्द गर्न सरकारसँग चिनी उद्योग सङ्घको माग

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ कात्तिक २०८१, मङ्गलबार
560Shares
भारतबाट अवैध रुपबाट ल्याइने चिनी बन्द गर्न सरकारसँग चिनी उद्योग सङ्घको माग
ncell

काठमाडौं । नेपाल चिनी उद्योग सङ्घले सरकारसँग भारतबाट चोरी निकासी भएर अवैध रुपबाट ल्याइने चिनी बन्द गर्नुपर्ने माग गरेको छ ।

नेपाल चिनी उद्योग सङ्घका अध्यक्ष शशिकान्त अग्रवालसहितको टोलीले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग मनत्रालयमा छलफल गर्दै सरकारले उखु किसानलाई उन्नत बीउ वितरण गर्नुपर्ने लगायतका माग राखेको हो ।

छलफलमा मन्त्री भण्डारीले उखु उत्पादक किसान र चिनी उत्पादक उद्योगीले समस्या ल्याएर सरकारलाई गुहारिरहनुपर्ने कुराको अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले उखु उत्पादक किसान र चिनी उद्योगका समस्या दिर्घकालीन रूपमा समाधान गर्न प्रस्ताव समेत गरेका छन् । उनले उखु किसान र चिनी उत्पादक उद्योगीका समस्या सरकारले दीर्घकालीन रुपमा समाधान गर्न सरोकारवालासहितको एक विशेष कार्यदल बनाउन प्रस्ताव राखेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मन्त्रालयको आपूर्ति तथा उपभोक्ता हित महाशाखाका सहसचिवको नेतृत्वमा कृषि मन्त्रालय, चिनी उत्पादक उद्योगी, उखु उत्पादक किसान, चिनी आयातकर्ता र नेशनल साल्ट्र ट्रेडिङका प्रतिनिधि सम्मिलित विशेष कार्यदल बनाएर १५ दिनभित्रमा समस्या समाधानको निष्कर्ष निकाल्न अनुरोधसहित प्रक्रिया छिट्टै थाल्न समेत मन्त्री भण्डारीले निर्देशन दिएका छन् ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
560SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?