National life

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ महिना अगाडि|२६ असार २०८३, शुक्रबार
1.1kShares
कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा
ncell

भद्रपुर (झापा) । वैदेशिक रोजगारीका लागि लामो समय विदेशमा पसिना बगाउने अधिकांश नेपाली युवाको सपना हुन्छ, स्वदेशमै फर्केर उद्यम गर्ने । यस्तै, सपनालाई यथार्थमा परिणत गर्न सफल हुनुभएको छ झापाको भद्रपुर नगरपालिका–९ चन्द्रगढीका फिलिप लिम्बू ।

दक्षिण कोरियामा एक दशक बिताएर गत वर्ष नेपाल फर्किनुभएका लिम्बूले आफ्नै जन्मथलोमा श्रीमतीको नाममा ‘सेवारो फूल कथा नर्सरी’ स्थापना गरी व्यावसायिक पुष्पखेती र बिरुवा उत्पादनको काम सुरु गरेका हुन् ।

सानैदेखि फूलप्रति विशेष रुचि राख्ने लिम्बूले विदेशमा रहँदा पनि अवसर पाएसम्म बगैँचा र हरियालीसँग जोडिएका काम नियाले ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
स्वदेश फर्किएपछि त्यही रुचिलाई व्यवसायमा रूपान्तरण गर्ने अठोटका साथ उहाँले नर्सरी स्थापना गरे ।

“रोजगारीका सिरसिलामा लामो समय विदेश बसियो । पैसा कमाइयो, तर परिवारसँग बस्न पाइएन”, लिम्बूले भने, “आफ्नै देशमा केही गर्नुपर्छ भनेर कोरियामा हुँदै योजना बनाइसकेको थिएँ । अहिले परिवारसँगै बसेर आफ्नै रुचिको व्यवसाय गर्न पाउँदा आर्थिक आम्दानीसँगै आत्मसन्तुष्टि पनि मिलेको छ । विदेशमा कमाएको अनुभव र पुँजी आफ्नै माटोमा लगानी गर्न पाउँदा गर्व लाग्छ ।”

एक वर्षअघि सुरु गरिएको नर्सरीले छोटो समयमै राम्रो व्यापार गर्न थालेको छ । यहाँ विभिन्न जातका मौसमी फूल, सजावटी बिरुवा, फलफूलका बिरुवा तथा घरआँगन हरियाली बनाउन प्रयोग हुने बिरुवा उत्पादन तथा बिक्री हुँदै आएका छन् ।

स्थानीय ग्राहकसँगै जिल्ला बाहिरबाट पनि माग बढ्दै गएको लिम्बू बताए । उनका अनुसार नर्सरीमा उत्पादन भएका बिरुवा अहिले झापामात्र नभई चितवन, धरान, इटहरी, विराटनगरलगायतका विभिन्न स्थानसम्म पुग्न थालेका छन् ।

व्यवसाय विस्तारसँगै ग्राहकको विश्वास पनि बढ्दै गएको उहाँको अनुभव छ । “गुणस्तरीय बिरुवा उत्पादन गर्ने र ग्राहकलाई आवश्यक परामर्श दिने प्रयास गरेका छौँ”, उनले भने, “एकपटक बिरुवा लिएर सन्तुष्ट भएका ग्राहक फेरि पनि आउछन् र अरूलाई पनि सिफारिस गर्छन । यही नै हाम्रो सबैभन्दा ठूलो उपलब्धि हो ।”

लिम्बूको व्यवसाय सफल बनाउन सामाजिक सञ्जाल ‘टिकटक’ प्रभावकारी माध्यम बनेको छ । उहाँले नियमित रूपमा नर्सरीमा रहेका फूल, बिरुवा, तिनको हेरचाह गर्ने तरिका तथा नयाँ उत्पादनका भिडियो टिकटकमार्फत सार्वजनिक गर्दै आउएका छन् । यसले नर्सरीको प्रचारप्रसारमा ठूलो सहयोग पुगेको उनी बताउछन ।

nic asia capital

“सदुपयोग गर्नेका लागि सामाजिक सञ्जाल निकै राम्रो प्लेटफर्म हो”, उनले भने, “टिकटकबाट हाम्रो नर्सरी धेरै मानिससम्म पुगेको छ । भिडियो हेरेरै धेरै ग्राहक नर्सरी खोज्दै आउछन् । अनि कति ग्राहकले अनलाइनमार्फत ‘अर्डर’ पनि दिन्छन । अहिले मेरो लागि सामाजिक सञ्जाल व्यवसाय प्रवर्द्धनको प्रभावकारी माध्यम बनेको छ ।”

सुरुआतमा नर्सरीको संरचना निर्माण, बिरुवा उत्पादन र आवश्यक पूर्वाधार तयार गर्न करिब रु आठ लाख लगानी भएको लिम्बूले जानकारी दिए । यसमा सरकारी निकायले पनि साथ दिएको छ । यसमध्ये राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत कार्यान्वयन एकाइ भद्रपुरबाट पुष्प नर्सरी स्थापना तथा पुष्प व्यवसाय कार्यक्रममार्फत ५० प्रतिशत अर्थात् रु चार लाख अनुदान प्राप्त भएको हो ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ भद्रपुरका प्रमुख रवीन्द्र सुवेदीले कृषि क्षेत्रमा नयाँ उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएको बताए । “वैदेशिक रोजगारीबाट फर्किएका युवाले आफ्नो सीप, अनुभव र पुँजीलाई कृषि क्षेत्रमा लगानी गर्नु सकारात्मक कुरा हो”, सुवेदीले भने, “यस्ता उद्यमले स्थानीयस्तरमा रोजगारी सृजना गर्नुका साथै व्यावसायिक कृषि विस्तारमा पनि टेवा पुग्छ ।”

सरकारको नीतिअनुसार कार्यालयले कृषि उद्यमशीलतालाई प्रवर्द्धन गर्न विभिन्न अनुदान तथा प्राविधिक सहयोगका कार्यक्रम सञ्चालन गरिरहेको छ । इच्छाशक्ति र योजनासहित काम गर्ने किसान तथा उद्यमीलाई हामीले निरन्तर सहयोग गरिरहेका छौँ ।”

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?