National life

अटोमोबाइल क्षेत्रमा पुराना दृष्टिकोणलाई फेर्दै दिगो, समावेशी र गतिशीलताको खाका प्रस्तुत

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३१ चैत २०८१, आइतबार
579Shares
अटोमोबाइल क्षेत्रमा पुराना दृष्टिकोणलाई फेर्दै दिगो, समावेशी र गतिशीलताको खाका प्रस्तुत
ncell

काठमाडौं । नेपाल अटोमोबाइल व्यवसायी संघ (नाडा) द्वारा पहिलोपटक आयोजित 'नाडा अटो संवाद २०८१, ले नेपालको अटोमोबाइल क्षेत्रप्रति रहेको परम्परागत दृष्टिकोणलाई परिवर्तन गर्दै दिगो, समावेशी र भविष्यमुखी गतिशीलताको खाका प्रस्तुत गरेको छ।

यो महत्वपूर्ण कार्यक्रमले देशको अटोमोबाइल क्षेत्रको इतिहास, दूरदर्शिता र रूपान्तरणलाई सम्बोधन गर्यो, सवारी साधनलाई विलासिताका रूपमा हेर्नेदेखि नेपालमा गतिशीलताको धारणामा क्रान्तिकारी परिवर्तनू को लागि आवश्यक घटकको रूपमा पहिचान गर्ने महत्वपूर्ण परिवर्तनमा केन्द्रित रहने जनाएको छ

कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेल प्रमुख अतिथिको रूपमा सहभागी थिए भने सरकारी, निजी तथा अन्तर्राष्ट्रिय क्षेत्रका विशिष्ट विज्ञहरूको उपस्थितिमा नेपालको अटो उद्योगको रूपान्तरण र भविष्य विषयमा व्यापक छलफल भएको छ।

१. ५० वर्षको फड्को र भावी दिशा

नेपालको अटो क्षेत्रले इन्धनमा आधारित सवारी साधनबाट विद्युतीय सवारीतर्फ कसरी रूपान्तरण गरिरहेको छ भन्ने कुरामा समीक्षा गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अनपेक्षित नीतिगत निर्णयहरू (जस्तै लोन टु भ्यालूमा मा गरिएको परिवर्तन) ले उद्योगमा पार्न सक्ने नकारात्मक असरबारे पनि छलफल गरिएको छ ।

२. सवारी विलासिता होइन, आवश्यकता हो

गतिशीलता सबै नागरिकको आवश्यकता हो भन्ने सन्देशसहित सार्वजनिक यातायातको पहुँच विस्तार, उपभोक्ता–मैत्री वित्तीय नीति र स्थानीय उत्पादन प्रवर्द्धनको आवश्यकता औँल्याइयो ।

३. दिगो गतिशीलता : समृद्ध अर्थतन्त्र

विद्युतीय सवारी, स्वदेशी उत्पादन र हरित ऊर्जाको प्रयोगबाट आयातमा निर्भरता घटाउने र आर्थिक विकासमा टेवा पुर्याउने उपायहरू प्रस्तुत गरिए ।

४. भविष्यको नेपाल : स्मार्ट र हरित गतिशीलता

वैकल्पिक ऊर्जामा आधारित सवारी र स्मार्ट समाधानमार्फत नेपाललाई २०५० सम्म दिगो गतिशीलता हासिल गर्ने लक्ष्य तय गरिएकाे छ । यो लक्ष्यमा पुग्न दीर्घकालीन स्थिर नीतिहरूको आवश्यकता औँल्याइयो ।

नाडा अटो संवादले सवारीसाधनलाई अब धनीको विलासिता हैन, सबैको अधिकारको रूपमा प्रस्तुत गरेको छ । निजी तथा सार्वजनिक क्षेत्रको सहकार्य, सुसंगत नीति, र स्थानीय उत्पादनमार्फत नेपालले आत्मनिर्भर र हरित अटोमोटिभ भविष्य निर्माण गर्न सक्ने सम्भावना औँल्याइएको छ ।

नेपालको अटो क्षेत्र अब केवल सवारी आयात गर्ने मुलुकको रूपमा सीमित रहँदैन । यो संवादले देखाएको दिशा र दृष्टिकोणले गर्दा नेपाल स्मार्ट, सुरक्षित, पहुँचयुक्त र नवप्रवर्तनमुखी गतिशीलताको नेतृत्व गर्न सक्ने यात्रामा अघि बढेको कम्पनीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
579SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?