National life

अल्ट्राभायोलेट एफ७७ बाइक खरिदमा आकर्षक अफर, २ लाख डाउन पेमेन्टमै उपलब्ध हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ जेठ २०८२, बिहिबार
670Shares
अल्ट्राभायोलेट एफ७७ बाइक खरिदमा आकर्षक अफर, २ लाख डाउन पेमेन्टमै उपलब्ध हुने
ncell

काठमाडौं । नेपालका लागि अल्ट्राभायोलेट बाइकको आधिकारिक वितरक केडिया इन्टरनेसनलले अल्ट्राभायोलेट एफ७७ बाइकमा आकर्षक अफर ल्याएको छ । १० लाख ७५ हजार रुपैयाँ मूल्यको सो बाइक अब २ लाख रुपैयाँ डाउन पेमेन्टमै उपलब्ध हुने भएको हो ।

अफर अनुसार कुनै पनि ब्रान्डको पुरानो बाइकसँग अल्ट्राभायोलेट एफ७७ बाइक साट्न सकिने छ । यसरी बाइक साट्दा १ लाख एक्सचेन्ज बोनस उपलब्ध हुनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यसैगरी २ लाख रुपैयाँ मात्र डाउन पेमेन्टको रुपमा सुरुमा रकम बुझाए हुनेछ । बाँकी रकम शून्य प्रतिशत ब्याजदरको आधारमा किस्ताबन्दीमा बुझाउन सकिने छ ।

अल्ट्राभायोलेट एफ७७ मा १०.३ किलोवाट आवरको ब्याट्री प्याक र २९ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर जडान गरिएको छ । उक्त ब्याट्रीलाई एकपटक फुल चार्ज गर्दा ३०७ किलोमिटर रेन्ज पाउन सकिने दावी छ । साथै मोटरको पावर 40.2 बीएचपी र टर्क 100 एनएम छ । बाइकलाई 323 किलोमिटर प्रतिघण्टाको उच्च गतिमा हाँक्न सकिन्छ ।

बाइकमा तीनवाट राइडिङ मोड, ५ इन्चको टिएफटी डिस्प्ले, ब्लुटुथ कनेक्टिभिटी, राइड एनालिटिक्स, पूर्णत एलईडी लाइट, प्रिलोड एड्जस्टेवल सस्पेन्सन, रिजेनेरिटिभ ब्रेकिङ र डुअल च्यानल एबिएस लगायत फिचर दिइएको छ ।

१३४० एमएम लामो ह्विलबेश भएको बाइकमा १६० एमएम ग्राउन्ड क्लिरियन्स पाउन सकिन्छ भने सिट हाइट ८०० एमएम रहेको छ । बाइकको तौल २०७ किलोग्राम छ । यो मोटरसाइकल 9 भिन्न कलर अप्सनमा उपलब्ध छ

यो समाचार शेयर गर्नुहोस्
670SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?