National life

आजदेखि नाडा अटो शो हुँदै, यस्ता छन् यस वर्षको आकर्षण

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ भदौ २०८२, मङ्गलबार
514Shares
आजदेखि नाडा अटो शो हुँदै, यस्ता छन् यस वर्षको आकर्षण
ncell

काठमाडौँ । नेपालमा सवारी साधन क्षेत्रको सबैभन्दा ठूलो प्रदर्शनी 'नाडा अटो शो २०२५' आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ। प्रदर्शनीको तयारी उत्साहजनक भएको आयोजकले जनाएका छन्।

वि.सं.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
२०५५ देखि नियमित आयोजना हुँदै आएको नाडा अटो शोले सवारी साधन र सहायक उद्योगको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको छ। नयाँ प्रविधि, नवप्रवर्तन र गतिको अनुभव प्रदान गर्ने यो मेला पछिल्ला वर्षहरूमा आम दर्शकको आकर्षणको केन्द्र बनिरहेको छ।

यस वर्षको अटो शोमा विभिन्न ब्रान्डका सवारीसाधन, उपकरण तथा प्रविधिहरू प्रदर्शन गरिनेछ।

चार पांग्रे सवारीतर्फ डीपाल, टेस्ला, टाटा, सुजुकी, बिओवाईडी, सेरिज, एक्सपेंग, एलएस अटो लगायत १८ ब्रान्ड सहभागी छन्। दुई पांग्रे सवारीमा हिरो, यामाहा, रॉयल एनफिल्ड र जोन्सन रहेका छन्।

त्यसैगरी, साना मालवाहक सवारीमा डोङफेङ, फोटोन, सीजी, मन्त्रा, स्काइवर्थजस्ता १३ ब्रान्डका स्टलहरू छन्।

पाटपुर्जा र सहायक उपकरण प्रदर्शनीमा मिशेलिन, लिक्वी मोली, टोटल इनर्जी, एसियन, डकहम्स लगायत ४० भन्दा बढी ब्रान्डका स्टल रहनेछन्। यस्तै यस पटकको अटो शो मा उड्ने कार र रोबोट पनि प्रदर्शनीमा राखिँदै छन् ।

यस पटकको शोमा सहभागी हुने ब्रान्डहरू

चार पांग्रे सवारीतर्फ :

डीपाल, आवातर, डोङफेङ नाम्मी, सेरिज, टाटा, सुजुकी, टेस्ला, आयन, एक्सपेंग, रिडारा, स्काइ वेल, बिओवाईडी, फोटोन, बीएडब्लु ब्रुम्बी, जेवाई एयर, ब्लाभाल, एलएस अटो, जिनपेङ (१८ वटा स्टल) दुई पांग्रे सवारीतर्फ : हिरो, रॉयल एनफिल्ड, जोन्सन, यामाहा

साना मालवाहक सवारी (एलसिभी) तर्फ : न्यु गोनो, डीएफएसके, डोङफेङ, कामा, फोटोन, सोकोन, सीजी केवाईसीरकिङलङ, मन्त्रा, स्काइवर्थ, काइनिउ, कावेईरनाभेको, सनलङ (१३ वटा स्टल)

पाटपुर्जा तथा सहायक उपकरणहरूतर्फ : एसियन, गल्फ, डकहम्स, एटिएस एलजिआई, माफ्रा, म्याक्सशाइन, वेभेक्स/कुरुमा, म्यास्सिमो नेपाल, मिशेलिन, लिक्वी मोली, एसटीसी राइड/इनर्जी, सिएइटी टायर, जेकेरगुड टायर, स्पाइसर, भल्कन, आईटीआर/एटिएफ/युएसबी/हबे, सिआईजी, केपीआई एण्ड कोहिनूर, म्यानेटेक, विद्युतीय चार्जर, टाटा ग्रिन, टोटल इनर्जी, स्टड्स/एसएमके, माइक्रोबिज, होराइजन एफसीटी, म्याक, पीएलओ (४० भन्दा बढी स्टल)

यस वर्षका विशेष आकर्षणहरू : नेपालमै बनेका सवारीसाधन प्रदर्शनी विन्टेज कार प्रदर्शनी अटो संवाद क्याफे र खाद्य स्टलहरू यस वर्षको प्रदर्शनीको मुख्य प्रायोजक एमएडब्लु समूह हुनेछ, जसले प्रतिस्पर्धाबिहीन तथा नवीन उत्पादनमार्फत सहयोग पुर्‍याउनेछ।

नयाँ विषयवस्तु, फराकिलो सहभागिता र सजीव वातावरणका साथ नाडा अटो शो २०२५ नेपालका लागि अटोमोटिभ यात्राको महत्त्वपूर्ण क्षण बन्ने देखिएको कम्पनीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
514SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?