National life

इभी प्रवर्द्धनका लागि एनएमबि बैंकको नयाँ अटो ऋण योजना

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ भदौ २०८२, मङ्गलबार
1KShares
इभी प्रवर्द्धनका लागि एनएमबि बैंकको नयाँ अटो ऋण योजना
ncell

काठमाडौँ । एनएमबि बैंकले विद्युतीय सवारीसाधन (इभी) किन्न चाहने ग्राहकहरूका लागि विशेष अटो लोन योजना सार्वजनिक गरेको छ। वार्षिक ७.१३ प्रतिशतको प्रतिस्पर्धात्मक ब्याजदरमा उपलब्ध यो योजना नाडा अटो शो २०२५ र आसन्न चाडपर्वलाई लक्षित गरी ल्याइएको हो।

सीमित अवधिका लागि लागू यो विशेष अटो लोन सहज र झन्झटविहीन आवेदन प्रक्रियामार्फत उपलब्ध गराइएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
एनएमबि बैंकले नेपालको हरित र समृद्ध भविष्यको यात्रालाई टेवा पुर्‍याउने उद्देश्यसहित यस्तो योजना ल्याएको जनाएको छ।

नाडा अटो शो अन्तर्गत भृकुटीमण्डपस्थित स्टल नं. ई२४ मा एनएमबि बैंकको स्टल रहेको छ ।

एनएमबी बैंकले हाल देशभर २०२ शाखा, १८७ एटिएम, र ९ विस्तारित काउन्टरमार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ। बैंकले ग्राहकमुखी सेवा र दिगो भविष्यप्रतिको प्रतिबद्धता अनुसार यस्ता योजना ल्याउँदै आएको छ।

थप जानकारीका लागि इच्छुक व्यक्तिहरूले नजिकको एनएमबी बैंक शाखा वा नाडा अटो शोमा सम्पर्क गर्न सक्नेछन्।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?