National life

उत्कृष्ट कर्मचारीलाई सम्मान गर्दै यामाहा नेपालले सम्पन्न गर्‍यो नेसनल सेल्स स्कील कन्टेस्ट २०८२

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ जेठ २०८२, मङ्गलबार
497Shares
उत्कृष्ट कर्मचारीलाई सम्मान गर्दै यामाहा नेपालले सम्पन्न गर्‍यो नेसनल सेल्स स्कील कन्टेस्ट २०८२
ncell

काठमाडौँ । यामाहा नेपालले बिक्री क्षेत्रमा उत्कृष्टता देखाउने कर्मचारीहरूको पहिचान तथा सम्मान गर्न देशभरका डिलरहरूबीच नेसनल सेल्स स्कील कन्टेस्ट २०८२ सम्पन्न गरेको छ। राजधानीमा सम्पन्न अन्तिम चरणको प्रतियोगितामा विभिन्न क्षेत्रीय चरण पार गरेर आएका प्रतिनिधिहरूबीच प्रतिस्पर्धा भएको थियो।

प्रतियोगिता यामाहा नेटवर्कभित्र कार्यरत सेल्स प्रोफेशनलहरूको क्षमता मूल्याङ्कन तथा सीप विकास गर्ने उद्देश्यले आयोजना गरिएको थियो । अटो बेसिक्स, उत्पादनको ज्ञान, प्रतिस्पर्धी जानकारी, बिक्री प्रक्रिया, भाइभा तथा उत्पादन प्रस्तुति लगायतका छ विधामा आधारित मूल्याङ्कनबाट उत्कृष्ट भएका तीन प्रतिभावान् कर्मचारीलाई पुरस्कृत गरिएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रतियोगितामा पहिलो स्थान हात पारेका समुन्द्र पंगेनीले नगद ३० हजार रुपैयाँ जित्न सफल भए । दोस्रो स्थानकी प्रमिला श्रेष्ठले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् भने तेस्रो भएका विकास रञ्जितकारले १० हजार रुपैयाँ प्राप्त गरे।

सम्पूर्ण फाइनलिस्टहरूलाई प्रमाणपत्र, ट्रफी र पदक प्रदान गरिएको थियो। विजेताहरूलाई एमएडब्लु राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवाल र मानव संसाधन विभाग प्रमुख शम्भु प्रसाद कोइरालाले सम्मान गरेका थिए।

कार्यक्रममा सीईओ अग्रवालले यामाहाको सफलताको आधार जनशक्ति भएको उल्लेख गर्दै प्रतियोगितालाई ज्ञान, अनुशासन र सेवाप्रतिको समर्पणको उत्सवको रूपमा व्याख्या गरे। उनले यामाहा जस्तो प्रविधिमैत्री ब्रान्डले सधैं निरन्तर सिकाइ र कर्मचारी क्षमता विकासमा विश्वास गर्ने बताउँदै, कम्पनीले आफ्ना जनशक्तिमा लगानी गर्न प्रतिबद्ध रहेको स्पष्ट पारे।

एमएडब्लु राइड्सको नेतृत्वमा सञ्चालनमा रहेको यामाहा नेपाल हाल देशकै भरपर्दो र प्रतिष्ठित दुईपांग्रे सवारी ब्रान्डमध्ये एक बनेको छ। उन्नत जापानी प्रविधि, भरपर्दो सेवा र उत्कृष्ट ग्राहक सन्तुष्टिसहित यामाहाले नेपाली बजारमा प्रदर्शन, शैली र सेवाको नयाँ मापदण्ड कायम गर्न सफल भएको कम्पनीले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
497SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?