National life

एक्सपेंगले गर्‍यो विश्वभर ८ लाख गाडीको डेलिभरी, नेपालमा पनि जनाउँदै बलियो उपस्थिति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ साउन २०८२, आइतबार
597Shares
एक्सपेंगले गर्‍यो विश्वभर ८ लाख गाडीको डेलिभरी, नेपालमा पनि जनाउँदै बलियो उपस्थिति
ncell

काठमाडौं । चीनको विद्युतीय सवारी निर्माण गर्ने कम्पनी एक्सपेंग (एक्सपेंग मोटर) ले २०२५ जुलाई ११ सम्म विश्वभर ८ लाखभन्दा बढी विद्युतीय सवारीसाधन डेलिभरी गरिसकेको छ। कम्पनीका लागि यो एक महत्वपूर्ण उपलब्धि हो, जसले अन्तर्राष्ट्रिय बजारमा यसको उपस्थिति बलियो बन्दै गएको संकेत गर्छ।

२०८२ सालको असार महिनामा मात्र एक्सपेंगले ३४ हजार ६११ युनिट गाडी डेलिभरी गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २२४ प्रतिशतले बढी हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो वृद्धिसँगै एक्सपेंग चीनमा नयाँ उर्जा सवारी उत्पादन गर्ने प्रमुख कम्पनीहरूमा चौथो स्थानमा पुगेको छ।

एक्सपेंगका जी६, जी९ र जी७ जस्ता मोडलहरूले अन्तर्राष्ट्रिय बजारमा राम्रो प्रतिक्रिया पाइरहेका छन्। जी७ विद्युतीय एसयूभीले ७०२ किलोमिटर दूरी चल्न सक्ने क्षमता र आधुनिक डिजाइनसहित सार्वजनिक भएको केही मिनेटमै १० हजार अर्डर पाएको कम्पनीले जनाएको छ।

२०२५ को पहिलो छ महिनामै कम्पनीले १ लाख ९७ हजारभन्दा बढी सवारी डेलिभरी गरिसकेको छ जुन संख्या अघिल्लो वर्षको सम्पूर्ण डेलिभरीभन्दा धेरै हो। कम्पनीले वर्षको अन्त्यसम्म ६० देशमा आफ्नो उपस्थिति विस्तार गर्ने र ३ लाख ८० हजार सवारी डेलिभरी गर्ने लक्ष्य लिएको छ।

नेपालमा पनि एक्सपेंगको उपस्थिति विस्तार भइरहेको छ। यहाँका उपभोक्ताबीच यसको प्रविधिमैत्री बनावट, आकर्षक डिजाइन र भरपर्दो प्रदर्शनका कारण लोकप्रियता बढिरहेको देखिन्छ। स्वच्छ ऊर्जा र दिगो यातायातप्रतिको चासोका कारण एक्सपेंग एक वैकल्पिक सवारीको रूपमा नेपाली यात्रुहरूको रोजाइ बन्दै गएको छ।

एक्सपेंगले नेपालमा सेवा प्रणाली थप सशक्त बनाउँदै लगेको छ। कम्पनीले सर्भिस, स्पेयर पार्ट्स तथा बिक्रीपछिको सहयोग सञ्जाल विस्तार गर्दै उपभोक्तालाई सहज र भरपर्दो विद्युतीय सवारी अनुभव दिन प्रयासरत छ।

सन् २०१४ मा हे सिआओपेंगले स्थापना गरेको यो कम्पनी आज विश्वव्यापी रूपमा स्मार्ट मोबिलिटीको क्षेत्रमा नवप्रवर्तन गर्दै अघि बढिरहेको छ।

यो समाचार शेयर गर्नुहोस्
597SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?