National life

एक वर्षमा १३ हजार भन्दा बढी विद्युतीय कार, जिप र भ्यान भित्रिए : कुन क्षमताको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ साउन २०८२, मङ्गलबार
615Shares
एक वर्षमा १३ हजार भन्दा बढी विद्युतीय कार, जिप र भ्यान भित्रिए : कुन क्षमताको कति ?
ncell

काठमाडौँ । गत आर्थिक वर्षको अवधिमा १३ हजार ५ सय ७८ वटा विद्युतीय कार, जिप र भ्यान नेपाल भित्रिएका छन्। आर्थिक वर्ष २०८१/०८२ को तथ्यांक अनुसार अघिल्लो वर्ष भन्दा १ हजार ४ सय ३१ वटा बढी यो सेग्मेन्टका सवारीसाधन आयात भएको छ ।

अघिल्लो वर्ष सोही अवधिमा १२ हजार १ सय ४७ वटा ईभी कार, भ्यान र जिपको नेपालमा कीर्तिमानी आयात गरिएको थियो। गत वर्ष नेपालमा ६४ लाख १० हजार रुपैयाँ बराबरको ५० किलोवाटसम्मको ९ वटा अनएसेम्बल्ड विद्युतीय कार, जिप र भ्यान आयात भएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

भन्सार विभागका अनुसार ५० किलोवाटसम्मकै ८ अर्ब ३१ करोड १४ लाख ८० हजारको ४ हजार ७ सय ३२ वटा एसेम्बल गरिएका विद्युतीय कार, जिप र भ्यान आयात हुँदा ५१ किलोवाटदेखि १०० किलोवाटसम्मको विद्युतीय कार, जिप र भ्यान १८ अर्ब ६२ करोड ८ लाख १४ हजार रुपैयाँ बराबरको ७ हजार ४ सय ३१ वटा आयात भएको छ।

साथै, १०१ किलोवाटदेखि २०० किलोवाटसम्मको विद्युतीय कार, जिप र भ्यान ४ अर्ब ५३ करोड ४५ लाख ३० हजारको १ हजार ३ सय ६२ वटा आयात भएको छ। त्यसैगरी २०१ देखि माथि किलोवाट क्षमताको २७ करोड ८४ लाख ८७ हजार बराबरको ४२ वटा आयात हुँदा ३०० किलोवाटभन्दा बढी मोटर पावर क्षमताका दुई वटा ८३ लाख २३ हजारको विद्युतीय कार, जिप र भ्यान नेपाल भित्रिएको छ।

यसबाहेक विद्युतीय तीनपांग्रे १ अर्ब १ करोड ६९ लाख २८ हजारको ९ हजार ७ सय २८ वटा, अनअसेम्बल्ड विद्युतीय तीनपांग्रे ६६ करोड ८९ लाख २० हजारको ६ हजार ७७७ वटा आयात भएको छ।

गत आवमा ८ अर्ब ६ करोड रुपैयाँ बराबरका ३ हजार ८ सय १३ युनिट कमर्सियल ईभी भित्रिएका छन् । यसबाट सरकारले २ अर्ब ७३ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । अघिल्लो वर्ष १ हजार ५ युनिट मात्र कमर्सियल ईभी आयात गरिएको थियो ।

यस्तै, विद्युतीय बाइक र स्कुटरको आयात ३४ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षमा २४ अर्ब ५० करोड रुपैयाँ बराबरका २ लाख १ हजार युनिट बाइक र स्कुटर आयात भएका छन् । यसबाट सरकारले २४ अर्ब ७३ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । अघिल्लो वर्ष १ लाख ३४ हजार ५ सय ५६ युनिट आयात गरिएको थियो ।

विद्युतीय बसतर्फ गत वर्ष १३ करोड ४१ लाख ८० हजार रुपैयाँका १६ वटा, १५ देखि २५ सिटका मिनिबस ४ अर्ब ३४ करोड १० लाख २४ हजारका १ हजार २ सय ६० वटा, ११ देखि १४ सिटका माइक्रो बस ४ अर्ब ९४ करोड ५९ लाख १५ हजार रुपैयाँका १ हजार ८ सय ३० वटा आयात भएका छन्।

यो समाचार शेयर गर्नुहोस्
615SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?