National life

एनएमबि बैंकको नयाँ अटो लोन योजना, ७.१३% ब्याजदरमा व्यक्तिगत सवारी साधन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ भदौ २०८२, मङ्गलबार
417Shares
एनएमबि बैंकको नयाँ अटो लोन योजना, ७.१३% ब्याजदरमा व्यक्तिगत सवारी साधन
ncell

काठमाडौं- एनएमबि बैंकले नाडा अटो शोमा सहभागिता जनाउँदै र आउने चाडपर्वलाई लक्षित गर्दै विशेष अटो लोन योजना सार्वजनिक गरेको छ ।

यो योजना अन्तर्गत ग्राहकहरूले केवल ७.१३% को आकर्षक ब्याजदरमा सवारी साधन कर्जा उपभोग गरी व्यक्तिगत सवारी साधन किन्न सक्नेछन् । बैंकले यो योजना सीमित अवधिका लागि मात्र ल्याएको छ र आवेदन प्रक्रिया सहज र लचिलो बनाईएको छ। इलेक्ट्रिक सवारी साधन किन्न चाहेका ग्राहकहरूका लागि एनएमबि बैंकको यो अफर एक राम्रो अवसर हुन सक्छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

एनएमबि बैंकले यस अफर मार्फत वातावरण मैत्री सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्दै नेपालको दिगो तथा हरित भविष्य निर्माणतर्फ सहयोग गर्ने लक्ष्य लिएको छ । बैंकको यो प्रयास दिगो विकासमा टेवा पुऱ्याउने र ग्राहकलाई केन्द्रमा राखेर सेवाहरु उपलब्ध गराउने प्रतिबद्धताको एउटा उदाहरण हो ।

यस अफरबारे थप जानकारी एनएमबी बैंकको नजिकको शाखा वा नाडा अटो शोमा रहेको एनएमबी बैंकको स्टल नं E २४ मा बैंकको तर्फवाट उपस्थित हुने प्रतिनिधि मार्फत लिन सकिनेछ । बैंकले हाल देशभरी २०२ शाखाहरु, १८७ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
417SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?