काठमाडौँ । जेएसडब्लु एमजी मोटर इन्डिया आफ्नो इभी गाडीको समूहमा नयाँ मोडल थप्ने भएको छ । उसले छिट्टै नै "विन्डसोर प्रो" नामक इभी मोडल सावर्जनिक गर्ने घोषणा गरेको हो । यस गाडीको मूल्य मे ६ (वैशाख २३ गते) मा सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।
पुरानो भेरियन्टको तुलनामा "विन्डसोर प्रो" मा नयाँ विशेषताहरू थपिएको अटोकारले लेखेको छ ।
भारतीय बजारमा उक्त मोडलको मूल्य ९ लाख ९९ हजार भारुबाट सुरु हुने भनी कम्पनीले आफ्नो आधिकारिक वेभसाइटमा जनाएको छ ।
"विन्डसोर प्रो" मा ५०.६ किलोवाट आवरको ब्याट्री रहने जनाइएको छ । त्यसले अधिकतम १३४ बोर हर्स पावरसम्मको शक्ति उत्पादन गर्नेछ । पुरानो मोडलको तुलनामा नयाँ भेरियन्टको रेन्ज भने धेरै हुने अनुमान गरिएको छ । कारवालेका अनुसार नयाँ मोडलको विन्डसोरलाई एक पटक फुल चार्ज गर्दा ४६० किलोमिटरसम्मको दूरी तय गर्न सक्छ । जबकि पुरानो मोडलको रेन्ज जम्मा ३३१ किलोमिटर थियो ।





































