National life

भारतमा बिक्रीमा रेकर्ड ब्रेक गरेको एमजी विन्डसर ईभी नेपाली बजारमा सार्वजनिक,मूल्य कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ असार २०८२, बिहिबार
532Shares
भारतमा बिक्रीमा रेकर्ड ब्रेक गरेको एमजी विन्डसर ईभी नेपाली बजारमा सार्वजनिक,मूल्य कति  ?
ncell

काठमाडौं । नेपालका लागि एमजी मोटर्सको आधिकारिक आयातकर्ता एवम् वितरक पारामाउन्ट मोटर्स प्रा. लि. ले एमजी विन्डसर इभीको भव्य लन्च कार्यक्रम हायात रीजेन्सी, काठमाडौंमा सम्पन्न गरेको छ।

एमजी विन्डसर इभीको लन्च कार्यक्रम, एमजीको नेपाल र विश्वव्यापी यात्रामा अर्को महत्वपूर्ण उपलब्धि हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
भारतमा निर्मित यस गाडीले व्यवहारिकता, सुविधा र प्रिमियम डिजाइनलाई एउटै गाडीमा समेट्दै एमजीको इलेक्ट्रिक मोबिलिटी पोर्टफोलियो विस्तार गरेको छ।

विन्डसर इभीले थप स्पेस, थप कम्फर्ट र थप प्रिमियम फिचरहरू उपलब्ध गराउँछ, जसले यो परिवार र व्यवसायिक व्यक्तिहरूका लागि उत्तम विकल्प बनाउँछ। यसमा १३५° रेक्लाइन हुने एरो–लाउन्ज सिटहरू, ६०४ लिटरको ठुलो बुट स्पेस, र १५.६ इन्चको ग्रान्डभ्यू टच डिस्प्ले रहेको छ, जसले गाडीभित्रको अनुभवलाई अझ उचाइमा पुर्याउँछ।

यसका साथै, विन्डसर इभीमा शक्तिशाली मोटर पावर रहेको छ जसले शहर र हाइवेको ड्राइभलाई सहज बनाउँछ। यसको ३८ kW ब्याट्रीले ३३२ किमी को भरपर्दो रेन्ज प्रदान गर्छ। वायरलेस चार्जिङ सुविधाले थप सहजता दिन्छ भने एप्पल र एन्ड्रोइड कारप्ले इन्टिग्रेशनले कनेक्टिभिटीलाई सहज बनाउँछ। प्रिमियम अपिल बढाउन यसमा लेदरेट सिटहरू र स्मार्ट फ्लश डोर ह्यान्डल पनि राखिएका छन्।

सुरक्षाका लागि यसमा ६ वटा एयरब्याग राखिएको छ, साथै यो IP67 रेटेड भएको र ३९ वटा कडा सेफ्टी टेस्टहरू पार गरेको छ। ६ स्पिकर सिस्टमले गाडीभित्रको मनोरञ्जन अनुभवलाई अझ उत्कृष्ट बनाउँछ भने १८६ मिमि ग्राउन्ड क्लियरेन्सले सबै बाटोमा सहज र आत्मविश्वासी ड्राइभ सुनिश्चित गर्छ।

ग्राहकहरूको मनोबल र भरोसा बढाउन, विन्डसर इभीमा ८ वर्षको ब्याट्री वारेन्टी रहेको छ। साथै, नेपालभर फैलिएको एमजीको डिलर नेटवर्कले बिक्री र सर्भिसमा उत्कृष्ट सेवा अनुभव गराउनेछ।

एमजी मोटर्स नेपालका प्रवक्ता सुनील बहादुर क्षेत्रीले भन्नुभयो, “एमजी विन्डसर इभीले स्पेस, कम्फर्ट र प्रिमियम फिचरहरूलाई एउटै विद्युतीय यात्रा अनुभवमा समेटेको छ। हामी विश्वस्त छौं कि यसले नेपालमा इलेक्ट्रिक मोबिलिटीको नयाँ आयाम स्थापित गर्नेछ।”

पारामाउन्ट मोटर्स प्रा. लि. ले सधैं उच्च गुणस्तरीय, नवप्रवर्तनयुक्त र दिगो अटोमोटिभ समाधानहरू उपलब्ध गराउने आफ्नो प्रतिबद्धता कायम राख्दै आएको छ। नेपालमा उपलब्ध अन्य एमजी गाडीहरूमा एमजी ४ इभी, एमजी कोमेट इभी, एमजी जेडएस इभी, र एमजी एस ५ इभी छन्।

दुई वटा भेरियन्टमा यो कार उपलब्ध छ । सुरुवाती मूल्य मूल्य ३७ लाख ९९ हजार रुपैयाँ र हाइ भेरियन्टको ३९ लाख ९९ हजार रुपैयाँ पर्छ ।

 

 

यो समाचार शेयर गर्नुहोस्
532SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?