National life

एसपीजी अटोमोबाइल्सद्वारा आइकार भी२३ सार्वजनिक(भिडियो सहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ भदौ २०८२, सोमबार
631Shares
एसपीजी अटोमोबाइल्सद्वारा आइकार भी२३ सार्वजनिक(भिडियो सहित)
ncell

काठमाडौं । एसपीजी अटोमोबाइल्सले आइकार भी२३ नामक नयाँ इलेक्ट्रिक गाडी नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले सोमबार गैरीधारास्थित सिल्भर ओकमा एक कार्यक्रम आयोजना गरी उक्त गाडीको प्रिभ्यु गरेको हो ।

आधुनिक प्रविधिसहित क्लासिक डिजाइनको झल्को दिने आइकार भी२३ लाई एसयुभी सेग्मेन्टमा राखिएको छ । गाडीमा १०० किलोवाटको मोटर प्रयोग गरिएको छ जसले १८० न्यूटन मिटर टर्क उत्पादन गर्छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गाडीमा ५९.९३ किलोवाट–आवर क्षमताको ब्याट्री जडान गरिएको छ ।

https://www.youtube.com/watch?v=fKoyPLxicH0&t=1s

गाडीको लम्बाइ ४२२० मिलिमिटर, चौडाइ १९१५ मिलिमिटर र ग्राउण्ड क्लियरेन्स २१० मिलिमिटर रहेको छ। यस्तो संरचना नेपाली भौगोलिक र सडक अवस्थाका लागि उपयुक्त हुने कम्पनीले जनाएको छ ।

चिनियाँ चेरी ग्रुपअन्तर्गतको यो गाडी ब्रान्ड ८० भन्दा बढी मुलुकमा निर्यात हुँदै आएको छ। हालसम्म चेरी ग्रुपले विश्वभर १ करोड ३० लाखभन्दा बढी गाडी वितरण गरिसकेको छ । एसपीजी अटोमोबाइल्सले नेपालमा ओमोडा र जेई ब्रान्डका गाडीहरू आधिकारिक रूपमा वितरण गर्दै आएको छ ।

कार्यक्रममा बोल्दै कम्पनीका प्रबन्ध निर्देशक गौरव शारदाले आइकार भी२३ शैली, सटीकता र नवीनताका साथ डिजाइन गरिएको उल्लेख गरे । उनका अनुसार त्यो गाडी विशेषगरी ती व्यक्तिहरूका लागि लक्षित गरिएको छ जसले ड्राइभिङलाई केवल गन्तव्यमा पुग्ने माध्यम मात्र नभई जुनुन र व्यक्तित्वको प्रतीक मान्छन् ।

यो समाचार शेयर गर्नुहोस्
631SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?