National life

चीन अटो चोङछिङ सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै नाडा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ जेठ २०८२, मङ्गलबार
1.1kShares
चीन अटो चोङछिङ सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै नाडा
ncell

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले चीन अटो चोङछिङ सम्मेलन २०२५ मा सक्रियताका साथ नेपालको प्रतिनिधित्व गरेको छ।  २०२५ को जुन ६/७ मा चोङछिङ, चीनमा आयोजित यस सम्मेलनले परिवर्तनको चरणमा उद्योगको भविष्य निर्माण भन्ने मुख्य विषयवस्तुमा केन्द्रित हुँदै नयाँ ऊर्जा र स्मार्ट प्रविधिको संक्रमणबारे विश्वव्यापी छलफल गरेको थियो।

नाडाका अध्यक्ष करण चौधरीले चीन–आसियान सत्रमा प्यानलिस्टको रूपमा सहभागिता जनाउँदै नेपालको अटोमोबाइल क्षेत्र, व्यापारिक सम्भावना र क्षेत्रीय सहकार्यका अवसरहरुबारे धारणा राखेका थिए। यसै क्रममा नाडाका अध्यक्ष चौधरीले दुई उच्चस्तरीय बन्द सत्रहरूमा पनि सहभागिता जनाएका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सो कार्यक्रममा चीन–आसियान ईभी सहयोग, जसमा दिगो यातायात र विद्युतीय सवारी प्रवद्र्धनबारे समेत छलफल भएको संस्थाले जानकारी दिएको छ।

सो सम्मेलनमा डेलिगेशन संवाद समेत सम्पन्न भएको थियो, जसमा बहुपक्षीय लगानी र व्यापार नीतिमा सहकार्यका सम्भावनाहरुबारे समेत विचार विमर्श गरिएको थियो । सम्मेलनमा नाडाले नेपालको व्यवसाय प्रवद्र्धन गर्ने स्टल समेत राखेको थियो, जसमा नेपालको विद्यमान बजार सम्भावनाहरू, नीतिहरुको अवस्था र वातावरण, तथा नाडाले आउँदो अगष्टमा काठमाण्डौमा आयोजना गर्ने नाडा अटो शो २०२५ को सम्बन्धमा समेत जानकारी प्रदान गरिएको थियो। यसबारे चिनियाँ अटोमोबाइल कम्पनीहरूको तर्फबाट समेत उच्च चासो राखिएको थियो।

सम्मेलनमा नाडाको तर्फबाट महासचिव सुरेन्द्रकुमार उप्रेती, केन्द्रीय कार्य समिति सदस्यद्धय प्रकाश कपुरी, यमुना श्रेष्ठ, आमन्त्रित केन्द्रीय कार्य समिति सदस्यद्धय अनुपकुमार बराल तथा नारायणप्रसाद पौडेल समेतको सहभागिता रहेको थियो। नाडाको इतिहासमा यस किसिमको सहभागिता पहिलो पटक भएको जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?