National life

जेठसम्म नेपालमा १ खर्ब १ अर्ब रुपैयाँ बराबरका सवारीसाधन आयात, राजस्व संकलन कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ असार २०८२, आइतबार
556Shares
जेठसम्म नेपालमा १ खर्ब १ अर्ब रुपैयाँ बराबरका सवारीसाधन आयात, राजस्व संकलन कति ?
ncell

काठमाडौँ । चालु आर्थिक वर्षको अन्तिम महिना अर्थात् साउनदेखि जेठसम्ममा नेपालमा १ खर्ब १ अर्ब रुपैयाँ बराबरका सवारीसाधन र तिनका पार्टपुर्जा आयात भएका छन्। ११ महिनाको अवधिमा विभिन्न देशबाट नेपालमा उक्त मूल्य बराबरको सवारीसाधन आयात भएको हो ।

यो आयातबाट सरकारले ७४ अर्ब ४७ करोड ५६ लाख रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ। अघिल्लो महिना जेठमा मात्रै ३ हजार ६ सय ३८ सवारीसाधन भित्रिएका छन्, जसले आयात रकममा १९ अर्ब रुपैयाँभन्दा बढीको वृद्धि गराएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आगामी बजेट मार्फत विद्युतीय गाडीको कर बढ्ने आकलनमा व्यवसायीहरूले आयात ह्वात्तै बढाएका थिए । तर सरकारले बजेटमा विद्युतीय गाडीको कर स्थिर राखेको छ। भन्सार विभागको तथ्यांकअनुसार ११ महिनामा कुल १३ हजार ४९२ वटा विद्युतीय सवारीसाधन भित्रिएका छन्।

विद्युतीय गाडीको मूल्य इन्टरनल कम्बस्चन इन्जिन (आईसीई) गाडीको तुलनामा अन्तर्राष्ट्रिय बजारमा बढी भएकाले आयात रकममा उल्लेख्य वृद्धि देखिएको हो। सोही अवधिमा ८ हजार ८७ वटा पेट्रोल इन्जिनका गाडी नेपाल भित्रिएका छन्।

यस्तै, १ लाख ७५ हजार वटा दुई पाङ्ग्रे पेट्रोलियम सवारीसाधन पनि आयात भएका छन्। यो तथ्यांकले नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गएको संकेत गर्दछ ।

यो समाचार शेयर गर्नुहोस्
556SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?