National life

जोखिम देखिएपछि विश्व चर्चित ब्राण्डका ७६ हजार गाडी फिर्ता, बीएमडब्लु, टेस्ला पनि समेटिए

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ फागुन २०८१, बिहिबार
508Shares
जोखिम देखिएपछि विश्व चर्चित ब्राण्डका ७६ हजार गाडी फिर्ता, बीएमडब्लु, टेस्ला पनि समेटिए
ncell

काठमाडौं । दक्षिण कोरियाका पाँच स्वदेशी र विदेशी अटोमोबाइल निर्माताहरूले उत्पादनमा त्रुटि भएका कारण करिब ७६ हजार सवारी साधन स्वैच्छिक रूपमा फिर्ता गर्ने भएका छन् । कोरियाको यातायात मन्त्रालयले त्रुटिपूर्ण ति सवारी साधनहरु बिभिन्न पाँच वटा कम्पनीका चर्चित ब्राण्डहरु रहेको जनाएको छ ।

भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार किया कर्पले निरो इलेक्ट्रिक भेइकल (इभी) लगायत दुई फरक मोडलका ३५ हजार ५७१ इकाइ त्रुटिपूर्ण एयरब्याग प्रणालीका लागि फिर्ता गर्नेछ । बीएमडब्लु कोरियाले कूलिङ पम्प तार कनेक्टरमा समस्या भएका कारण ५२८आई सेडान जस्ता २८ मोडलका २४ हजार ३७१ इकाइ फिर्ता गर्नेछ, जसले आगोको जोखिम निम्त्याउँछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

ट्रान्सफर्मर र हाइब्रिड कन्ट्रोल सिस्टममा भएका सफ्टवेयर त्रुटिहरूले रेनो कोरिया मोटर्सको अर्काना हाइब्रिड स्पोर्ट युटिलिटी भेहिकल (एसयूभी) सहित दुईवटा मोडलका आठ हजार ५६ इकाइहरू फिर्ता बोलाएको छ ।

टेस्ला कोरियाले मोडल वाईका सात हजार ७८१ इकाइहरूमा इलेक्ट्रिक पावर असिस्ट स्टेयरिङ (इपीएएस) प्रणालीमा भएका सफ्टवेयर त्रुटिहरू सुधार गर्नेछ । जगुआर ल्यान्ड रोभर कोरियाले डिफेन्डर ११० ए ३०० एसयूभी सहित चार मोडलका ६०३ इकाइहरूमा सुधारात्मक कारबाही गर्नेछ ।

सवारी साधन मालिकहरूले मर्मत र सेवा केन्द्रहरूमा गएर दोषपूर्ण पार्टसहरु नि:शुल्क बदल्न सक्छन् । रासस

यो समाचार शेयर गर्नुहोस्
508SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?