National life

टेस्लाको आम्दानी र नाफामा ठूलो गिरावट, बिक्री घट्दा कम्पनी दबाबमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० वैशाख २०८२, बुधबार
558Shares
टेस्लाको आम्दानी र नाफामा ठूलो गिरावट, बिक्री घट्दा कम्पनी दबाबमा
ncell

काठमाडौं । विद्युतीय सवारीसाधन निर्माता कम्पनी टेस्लाले बिक्री घटेसँगै अपेक्षाभन्दा कम नाफा आर्जन गरेको छ। सन् २०२५ को पहिलो त्रैमासमा टेस्लाको सवारीसाधन बिक्रीको आम्दानी २० प्रतिशतले घटेको सीएनबीसीले जनाएको छ। कम्पनीको कुल आम्दानी अघिल्लो वर्षको २१.३ अर्ब डलरबाट ९ प्रतिशतले घटेर झण्डै १९.४ अर्ब डलरमा झरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सवारीसाधन बिक्रीबाट मात्रै आएको आम्दानी गत वर्षको १७.४ अर्ब डलरबाट २० प्रतिशतले घटेर १४ अर्ब डलरमा सीमित भएको छ।

टेस्लाले यस गिरावटको प्रमुख कारणमध्ये एक आफ्नो लोकप्रिय मोडेल वाई एसयूभीको नयाँ संस्करण उत्पादन गर्न ४ वटा कारखानामा गरिएको अद्यावधिक कार्य रहेको जनाएको छ। साथै, औसत बिक्री मूल्यमा आएको गिरावटले पनि आम्दानी र नाफामा नकारात्मक असर पारेको कम्पनीको ठहर छ।

कम्पनीको खुद नाफा ७१ प्रतिशतले घटेर ४० करोड ९० लाख डलर अर्थात् प्रतिशेयर १२ सेन्टमा सीमित भएको छ। अघिल्लो वर्ष सोही अवधिमा नाफा १ अर्ब ३९ लाख डलर (४१ सेन्ट प्रतिशेयर) रहेको थियो।

अप्रिल सुरु हुँदा कम्पनीले सन् २०२५ को पहिलो त्रैमासमा ३ लाख ३६ हजार ६८१ वटा गाडी मात्र डेलिभरी गर्न सकेको देखिन्छ, जुन अघिल्लो वर्षको तुलनामा १३ प्रतिशतले कम हो।

यसैबीच, पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको भन्सार शुल्क नीतिका कारण पनि टेस्ला थप दबावमा परेको छ। यस नीतिका प्रतिकूल प्रभावले गर्दा यस वर्ष मात्रै टेस्लाको सेयर मूल्य ३७ प्रतिशतले घटिसकेको छ।

यो समाचार शेयर गर्नुहोस्
558SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?