National life

डेल्टा अटोकर्पको आकर्षक फेस्टिभ अफर : “डबल या तेब्बर बबाल !”

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ भदौ २०८२, शुक्रबार
1KShares
डेल्टा अटोकर्पको आकर्षक फेस्टिभ अफर : “डबल या तेब्बर बबाल !”
ncell

काठमाडौँ । नेपालका लागि भेस्पा – एप्रिलिया स्कुटरहरूको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रा. लि. ले यस वर्ष पनि दशैंतिहार तथा छठ पर्वको अवसरमा “डबल या तेब्बर बबाल” फेस्टिभ अफर ल्याएको छ ।

नेपालीहरूको महान् पर्वलाई अझ उत्साहपूर्ण बनाउन सो अफर ल्याइएको डेल्टा अटोकर्पले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो अफर अन्तर्गत भेस्पा वा एप्रिलिया स्कुटर खरिद गर्ने हरेक ग्राहकले आकर्षक स्क्र्याच कार्ड प्राप्त गर्नेछन् । कार्डमा दिइएको QR कोड स्क्यान गरी स्क्र्याच मार्फत प्राप्त रकमलाई दोब्बर वा तेब्बरसम्म बढाउन सकिनेछ ।

यस अफर अन्तर्गत हरेक हप्ताको लक्की ड्र मार्फत ग्राहकहरूले ४ रात ५ दिनको रोमाञ्चक थाइल्याण्ड भ्रमण जित्ने अवसर पाउनेछन् । अफरको बम्पर पुरस्कार स्वरूप एक जना ग्राहकले रु १० लाख नगद प्राप्त गर्नेछन् ।

त्यसैगरी, जुनसुकै कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गर्दा न्यूनतम रु. ४०,००० मूल्याङ्कन प्राप्त गर्न सकिने पनि कम्पनीले जनाएको छ । साथै, स्क्र्याच कार्डमार्फत बजार मूल्याङ्कनभन्दा थप रु. १,५०,००० सम्म पाउन सकिनेछ । फाइनान्स सुविधाहरू पनि उत्तिकै आकर्षक छन् । ४.९९% मात्र ब्याजदरमा EMI सुविधा, शून्य सेवा शुल्कसहित उपलब्ध छ । यो अफर नेपालभरका सबै आधिकारिक भेस्पा – एप्रिलिया शोरूमहरूमा उपलब्ध हुनेछ ।

योजनाबारे बोल्दै डेल्टा अटोकर्प प्रा. लि.का प्रमुख कार्यकारी अधिकृत विजय महतोले भने, “डेल्टा अटोकर्प सधैं आफ्ना ग्राहकहरूका लागि आकर्षक र फाइदाजनक योजना ल्याउन प्रतिबद्ध छ । यस वर्ष दशैं, तिहार र छठ पर्वको उल्लासलाई अझ रोचक बनाउन हामीले ‘डबल या ट्रिपल बबाल’ अफर सार्वजनिक गरेका छौं । हामी विश्वास गर्छौं, यो अफरले ग्राहकहरूको उत्सवलाई थप विशेष बनाउनेछ र उनीहरूले यस योजनाबाट भरपुर लाभ लिन सक्नेछन् ।”

 

 

 

 

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?