National life

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ जेठ २०८२, बुधबार
509Shares
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न
ncell

काठमाडौँ । नेपाल अटोमोबाइल आयातकर्ता तथा निर्माता संघ (नाइमा) ले नेपाल मोबिलिटी एक्स्पो २०२५ को लागि पहिलो चरणको स्टल बाँडफाँट कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।

उक्त प्रदर्शनी २०८२ साउन २२ देखि २५ गते (६ देखि १० अगस्ट २०२५) सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेछ।

उक्त कार्यक्रममा चार पाङ्ग्रे, दुई पाङ्ग्रे, र व्यवसायिक सवारी साधन ब्राण्ड गरी ५० ब्राण्डहरूको उत्साहजनक सहभागिता रहेको थियो। कुल ४८ स्टलमध्ये २७ वटा चार पाङ्ग्रे सवारी ब्राण्डलाई, १८ वटा दुई पाङ्ग्रे ब्राण्डलाई, र ३ वटा स्टल व्यवसायिक सवारी साधन ब्राण्डलाई प्रदान गरिएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

‘नेपालको अटोमोबाइल उद्योगका प्रमुख ब्राण्डहरूबाट प्राप्त सकारात्मक र उत्साहजनक सहभागिताले हामी अत्यन्त हर्षित र उत्साहित छौं। सबै स्टल बुक भइसकेका छन् र अब हामी प्रदर्शनीको कार्यान्वयनमा ध्यान केन्द्रित गर्नेछौं,’ नाइमा अध्यक्ष रितु सिंह वैद्यले भनिन् ।

यी हुन् एक्स्पोमा सहभागिता जनाउने ब्राण्डहरु

सहभागी चार पाङ्ग्रे सवारी ब्राण्डहरू :

बिओवाइडी, सिट्रोएन, फोर्थिङ, ग्रेट वाल मोटर्स, हेनरी भोल्ट्स, हुन्डाई, काइजी, किआ, लिपमोउटर, एलईभी १, महिन्द्रा, म्याक्सस, माज्दा, एमजी, मित्सुबिसी, निसान, ओमोडा एण्ड जाओको, प्यूजो, प्रोटन, रेनों, टोयोटा, फक्सवागन, जीकर

सहभागी दुई पाङ्ग्रे सवारी ब्राण्डहरू :

एम्पियर, एथर, बजाज, बेनेली, सिएफमोटो, गोगोरो, होन्डा, केटीएम, महिन्द्रा, एनआईयू, रिभोल्ट, रोयल इनफिल्ड, सेगवे–नाइनबोट, सुजुकी, ट्रायम्फ, टिभीएस, अल्ट्राभायोलट, याडिया, जियोहो

सहभागी व्यवसायिक सवारी साधन ब्राण्डहरू :

चेरी वान्डा, डोङफेङ, फ्यारिजोन, हुअजी, कामा, क्यारी, किङलोंग, सनलोंग

प्रकाशित मिति: २८ जेठ २०८२, बुधबार ११ : ०८ बजे

यो समाचार शेयर गर्नुहोस्
509SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?