National life
cg eloctronics

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा नयाँ गाडी लञ्चको होडबाजी (तस्बिरमा हेर्नुहोस्)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ साउन २०८२, बुधबार
1.1kShares
‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा नयाँ गाडी लञ्चको होडबाजी (तस्बिरमा हेर्नुहोस्)
muktinatha bikash bank

काठमाडौँ। काठमाडौँको भृकुटीमण्डपमा आजदेखि (बुधवार) ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ सुरु भएको छ । नेपाल अटो मोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)को आयोजनामा शुरु भएको नाइमा एक्स्पोको पहिलो दिनको सुरुवाती चरणमै नयाँ गाडी लञ्चको होडबाजी चलेको छ ।

नाइमा एक्स्पो नयाँ तथा अत्याधुनिक सवारीसाधनको प्रदर्शनीसँगै विभिन्न कम्पनीबिच अफर र छुटको प्रतिस्पर्धाको केन्द्र बनेको छ । प्रदर्शनीमा सहभागी अटो मोबाइल कम्पनीहरूले आ–आफ्ना मोडेलमा आकर्षक छुट, सस्तो ब्याजदरमा फाइनान्स, एक्सचेन्ज अफर र विभिन्न गिफ्ट योजना प्रस्तुत गरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3

एक्स्पोमा ५० भन्दा बढी ब्रान्डहरू सहभागी छन् । प्रदर्शनीमा १५ वटा दुई पाङ्गे, १५ वटा चार पाङ्गे, र ५ वटा कर्मसियल गाडीहरू सार्वजनिक गरिएको छ । जहाँ कम्पनीहरूबिच ‘सस्तो मूल्यमा उत्कृष्ट सुविधा’ को होडबाजी चलेको देखिन्छ ।

everest bank

नाइमा एक्स्पोमा अग्नि ग्रुपले तीन वटा नयाँ गाडी लञ्च गरेको छ । जसमा दुई वटा ईभी (एक्स इभी–९ र बी–६) रहेका छन्। इन्जिनबाट चल्ने एक्सयुभी–३ एक्सओ पनि प्रदर्शनमा राखिएको छ। त्यस्तै, नाइमा एक्स्पोको स्टल नं.४ मा रहेको  हुन्डाई गाडीमा नगद छुटदेखि विदेश भ्रमणसम्मको अफर छन् । नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नाइमा लक्षित विशेष अफर ‘हुन्डाई असम अगस्ट’ योजना ल्याएको छ ।

नाइमा एक्स्पोमा बीवाईडीको नयाँ ह्याचब्याक कार सार्वजनिक गरिएको छ । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले बीवाईडीको नयाँ ह्याचब्याक कार एटो–वान दुई भेरियन्टमा लञ्च गरेको हो ।                  तस्बिरमा हेर्नुहोस्

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?