National life

‘नाडा अटो शोमा उड्ने ट्याक्सीदेखि अत्याधुनिक चारपांग्रे रोबोटहरू समेत प्रदर्शनामा राखिने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० साउन २०८२, मङ्गलबार
558Shares
‘नाडा अटो शोमा उड्ने ट्याक्सीदेखि अत्याधुनिक चारपांग्रे रोबोटहरू समेत प्रदर्शनामा राखिने
ncell

काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो ‘नाडा अटो शो २०२५’ को मिति घोषणा भएको छ । मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरी नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म राजधानीको भृकुटीमण्डपलमा ‘नाडा अटो शो आयोजना हुने जानकारी गराएको हो ।

उक्त शोको उद्घाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गर्ने कार्यक्रम तय गरिएको छ। “गो फर मोर” भन्ने नाराका साथ सञ्चालन हुने अटो शोमा नवप्रविधि, दिगोपन, स्मार्ट मोबिलिटी र सम्पूर्ण अटोमोटिभ पारिस्थितिकी प्रणालीलाई समेट्ने तयारी गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

शोमा चारपांग्रे, दुईपांग्रे तथा हल्का व्यावसायिक सवारी साधनका साथै ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण, वित्तीय सेवा प्रदायक लगायत १२५ भन्दा बढी प्रदर्शकहरू सहभागी हुनेछन्। प्रदर्शनी ३ लाख वर्गफुट क्षेत्रमा फैलिएको छ भने प्रदर्शनी क्षेत्रफल मात्रै १ लाख ६२ हजार ५ सय वर्गफुट रहेको छ। आयोजकले एक लाखभन्दा बढी आगन्तुकको उपस्थितिको अपेक्षा राखेको छ।

नाडा अटो शो २०२५ मा युनिक प्रविधिहरू सार्वजनिक गरिनेछ। विशेषगरी UNITREE का अत्याधुनिक चारपांग्रे रोबोटहरू र Deepal eVTOL UAV नामक उड्ने सवारी साधन (सहरी हवाइ मोबिलिटी) पहिलो पटक नेपाली दर्शकसामु प्रस्तुत गरिनेछ।

प्रदर्शनीमा १९ वटा चारपांग्रे ब्रान्ड, १३ वटा हल्का व्यावसायिक सवारी साधन ब्रान्ड, ४ वटा दुईपांग्रे सवारी ब्रान्ड तथा ३५ कम्पनीका अटो पार्ट्स र सहायक सेवाहरू समेत प्रदर्शित हुनेछन्।

आयोजकले सुरक्षालाई उच्च प्राथमिकता दिएको जनाएको छ। आगन्तुकहरूका लागि क्षेत्रगत जोन विभाजन, ट्राफिक सूचना डेस्क, सञ्चारकर्मीका लागि मिडिया डेस्क, आपतकालीन स्वास्थ्य सेवा, निगरानी र दमकल सेवा समेतको व्यवस्था गरिएको छ।

प्रदर्शनीको अर्को आकर्षण भनेको ऐतिहासिक सवारी साधनहरूको ‘विन्टेज मोटर शो’ हो। यसमा मोरिस माइनर, फियाट, मर्सिडिज, टोयोटा आरटी४०, बीटल, मिनी कुपर, भिएडब्लु बस, टोयोटा कोरोल्ला, माज्दा फेमिलिया र टोयोटा एमआर२ जस्ता पुराना सवारी प्रदर्शित हुने जनाइएको छ ।

त्यस्तै ‘Made in Nepal Pavilion’ मा स्वदेशमै निर्माण भएका सवारी तथा पार्ट्स देख्न सकिनेछ भने ‘International Business Pavilion’ ले अन्तर्राष्ट्रिय सहकार्य र लगानी प्रवर्द्धनमा योगदान दिनेछ।

दैनिक भाग्यशाली विजेता कार्यक्रम राखिएको छ जसअन्तर्गत १२ जना भाग्यशाली आगन्तुकहरूले एक वर्षसम्म निःशुल्क ल्युब्रिकेन्ट सेवा प्राप्त गर्नेछन्।

नाडाका अध्यक्ष करण चौधरीले नाडा अटो शो २०२५ नेपाली अटोमोबाइल क्षेत्रका सबै सरोकारवालाका लागि विशेष अवसर भएको उल्लेख गर्दै आम नागरिकलाई उपस्थितिको लागि आग्रह गरेका छन्।

 

यो समाचार शेयर गर्नुहोस्
558SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?