National life

नाडा अटो शोमा यी बैंकले दिँदै छन् सस्तो ब्याजदरमा कर्जा(भिडियो सहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ भदौ २०८२, शुक्रबार
940Shares
नाडा अटो शोमा यी बैंकले दिँदै छन् सस्तो ब्याजदरमा कर्जा(भिडियो सहित)
ncell

काठमाडौँ । नाडा अटो शो २०२५ मा आधा दर्जन भन्दा बढी बैंकले सवारी साधन खरिदका लागि सस्तो ब्याजदरमा कर्जा उपलब्ध बनाउने भएका छन्।

यस पटकको नाडा अटो शोमा बैंकहरुले आकर्षक ब्याजदरमा सवारी कर्जा उपलब्ध गराएर ग्राहकलाई थप सस्तो र सुविधाजनक ऋण योजना प्रस्ताव गरेका छन्। भृकुटीमण्डपमा चलिरहेका अटो शोमा ८ वटा बैंकले स्टल राखेका छन्

सस्तो ब्याजदरमा कर्जा उपलब्ध बनाउने बैंकहरुमा एनएमबी बैंक, सानिमा बैंक, नेपाल एसबीआई बैंक, कृषि विकास बैंक, नबिल बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंक समावेश छन्।

नाडा अटो शो २०२५ को अवसरमा माथि उल्लेखित बैंकहरुले आफ्ना स्टलहरू राखेर ग्राहकलाई आफ्ना सेवाहरूको जानकारी दिएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
एनएमबी बैंकले विद्युतीय सवारी खरिदमा ७.१३ प्रतिशत ब्याजदरमा कर्जा दिने भएको छ भने ५ वर्षको कर्जामा ८.८९ प्रतिशत ब्याजदर प्रस्ताव गरेको छ।

https://www.youtube.com/watch?v=2IVvY6NB6OA&t=32s

नाडा अटो शो २०२५ मा कृषि विकास बैंकले सबैभन्दा कम ब्याजदरमा ६.२३ प्रतिशतमा अटो कर्जा उपलब्ध गराउने घोषणा गरेको छ। यस्तै, नबिल बैंकले न्यूनतम ६.७४ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ भने ग्लोबल आइएमई बैंकले ६.९९ प्रतिशत ब्याजदरमा कर्जा दिने घोषणा गरेको छ।

ग्लोबल आइएमई बैंकले ५ वर्षको कर्जा अवधिका लागि ८.२५ प्रतिशतको स्थिर ब्याजदर योजना पनि ल्याएको छ। नेपाल एसबीआई बैंकले ६.९९ प्रतिशत ब्याजदरमा ३ वर्षदेखि ७ वर्षसम्म कर्जा प्रदान गर्ने जनाएको छ।

यता, लक्ष्मी सनराइज बैंकले ७ वर्षको कर्जा अवधि ७.९९ प्रतिशत स्थिर ब्याजदरमा उपलब्ध गराउने भएको छ भने हिमालयन बैंकले ७.५७ प्रतिशत ब्याजदरमा ८ वर्षका लागि कर्जा दिने भएको हो । सानिमा बैंकले विद्युतीय सवारी किन्न ७.४९ प्रतिशत स्थिर ब्याजदरमा कर्जा उपलब्ध गराउने छ।

यो समाचार शेयर गर्नुहोस्
940SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?