काठमाडौं । नेपाली अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो प्रदर्शनी नाडा अटो शो को २०२५ संस्करणका लागि स्टल छनोट प्रक्रिया सकिएको छ। आगामी भदौ ३ देखि ८ गतेसम्म (अगस्ट १९–२४, २०२५) काठमाडौंको भृकुटीमण्डपमा हुने यो प्रदर्शनीका लागि तयारी उत्साहजनक बनेको छ।
वि.सं.
२०५५ देखि सुरु भएको नाडा अटो शोले नेपालमा सवारी साधन तथा सहायक उद्योग क्षेत्रको प्रवर्द्धन गर्दै आएको छ। प्रविधि, नवप्रवर्तन र गतिको प्रवृत्तिलाई प्रस्तुत गर्ने यो मेलामा पछिल्ला वर्षहरूमा जनसाधारणको आकर्षण बढ्दै गएको छ।
यस पटकको शोमा सहभागी हुने ब्रान्डहरू
चार पांग्रे सवारीतर्फ :
डीपाल, आवातर, डोङफेङ नाम्मी, सेरिज, टाटा, सुजुकी, टेस्ला, आयन, एक्सपेंग, रिडारा, स्काइ वेल, बिओवाईडी, फोटोन, बीएडब्लु ब्रुम्बी, जेवाई एयर, ब्लाभाल, एलएस अटो, जिनपेङ (१८ वटा स्टल)
दुई पांग्रे सवारीतर्फ :
हिरो, रॉयल एनफिल्ड, जोन्सन, यामाहा
साना मालवाहक सवारी (एलसिभी) तर्फ :
न्यु गोनो, डीएफएसके, डोङफेङ, कामा, फोटोन, सोकोन, सीजी केवाईसीरकिङलङ, मन्त्रा, स्काइवर्थ, काइनिउ, कावेईरनाभेको, सनलङ (१३ वटा स्टल)
पाटपुर्जा तथा सहायक उपकरणहरूतर्फ :
एसियन, गल्फ, डकहम्स, एटिएस एलजिआई, माफ्रा, म्याक्सशाइन, वेभेक्स/कुरुमा, म्यास्सिमो नेपाल, मिशेलिन, लिक्वी मोली, एसटीसी राइड/इनर्जी, सिएइटी टायर, जेकेरगुड टायर, स्पाइसर, भल्कन, आईटीआर/एटिएफ/युएसबी/हबे, सिआईजी, केपीआई एण्ड कोहिनूर, म्यानेटेक, विद्युतीय चार्जर, टाटा ग्रिन, टोटल इनर्जी, स्टड्स/एसएमके, माइक्रोबिज, होराइजन एफसीटी, म्याक, पीएलओ (४० भन्दा बढी स्टल)
यस वर्षका विशेष आकर्षणहरू :
यस वर्षको प्रदर्शनीको मुख्य प्रायोजक एमएडब्लु समूह हुनेछ, जसले प्रतिस्पर्धाबिहीन तथा नवीन उत्पादनमार्फत सहयोग पुर्याउनेछ। नयाँ विषयवस्तु, फराकिलो सहभागिता र सजीव वातावरणका साथ नाडा अटो शो २०२५ नेपालका लागि अटोमोटिभ यात्राको महत्त्वपूर्ण क्षण बन्ने देखिएको कम्पनीले जनाएको छ ।



































