काठमाडौं । नाडा अटो शो २०२५ मा बहुप्रतिक्षित उड्ने ट्याक्सी सार्वजनिक गरीएको छ ।
मंगलबारबाट सुरु भएको नाडा अटो शो २०२५ प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गरे सँगै उड्ने ट्याक्सी लगायतका सवारी साधानहरु सार्वजनिक गरिएको हो । प्रधानमन्त्री ओलीलाई मानव आकारको ह्युमनोइड रोबर्टले हात हल्लाएर स्वागत गरेको थियो ।
https://www.youtube.com/watch?v=2BCQQ9WMN5M
एमएडब्लु वृद्धिले चिनियाँ कार निर्माता चांगान अटोसँग सहकार्य गरी नेपालमा नयाँ युगको मोबिलिटीको सुरुवात भएको सन्देश दिँदै इभिटोल इलेक्ट्रोनिक भर्टिकल टेकअफ एन्ड ल्यान्डिंग लाई नाडा अटो सोमा प्रदर्शनीमा राखिए संगै आर्कषणको केन्द्र बनेको छ ।
यसैगरी एमएडब्लु वृद्धिले नेपालमै पहिलो पटक मानव आकारको ह्युमनोइड रोबोटपनि प्रदर्शनीमा राखेको छ । जसले आगन्तुनसँग प्रत्यक्ष संवाद गर्दै मानिसको जस्तो गतिविधि र संसार र्गदै सबैको ध्यान खिचेको छ । ।
उड्ने ट्याक्सी र रोबोटले यस वर्षकोे नाडा अटो सोलाइ बिषेश बिशेष बनाएको छ ।नविनतम् प्रविधिले नाडा अटो शोलाई एउटा अटोमोबाइल प्रदर्शनीमा मात्र नभई एउटा नयाँ युगको आगमनको उत्सव पनि बनाएको छ ।



































