National life

नाडा अटो शो २०२५ मा विशेष अफरसहित रिडारा आरडी सिक्सको प्रदर्शनी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ भदौ २०८२, मङ्गलबार
514Shares
नाडा अटो शो २०२५ मा विशेष अफरसहित रिडारा आरडी सिक्सको प्रदर्शनी
ncell

काठमाडौं । रिडारा नेपालले आफ्नो प्रमुख विद्युतीय पिकअप रिडारा आरडी सिक्सलाई नाडा अटो शो २०२५ मा प्रदर्शनमा राख्दै छ। काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आयोजना भइरहेको सो अटो शोमा रिडारा आरडी६ स्टल नम्बर बी५ मा अवलोकन गर्न सकिनेछ।

नेपालको पहिलो शुद्ध विद्युतीय पिकअपको रूपमा चिनिएको आरडी६ ले बलियो डिजाइन, शक्तिशाली प्रदर्शन र अत्याधुनिक ईभी प्रविधिको संयोजन प्रस्तुत गरेको छ। रिडारा नेपालले नाडा अटो शोको विशेष अवसरमा आरडी सिक्स खरिद गर्न चाहने ग्राहकका लागि न्यूनतम ९.९९ लाख रुपैयाँ डाउन पेमेन्टमा उपलब्ध गराउने अफर ल्याएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीका अनुसार यो अफर सीमित अवधिका लागि मात्र हुनेछ र यसले नेपाली ग्राहकलाई विद्युतीय सवारी अपनाउन थप सहज बनाउनेछ।

रिडारा नेपालले विद्युतीय सवारीका पारखी, अटो प्रेमी तथा साहसिक यात्रामा रुचि राख्ने सबैलाई भदौ ३ देखि ८ गतेसम्म सञ्चालन हुने नाडा अटो शोमा स्टल नम्बर बी५ मा भ्रमण गर्न आग्रह गरेको छ।

आरडी सिक्स शहरी आवागमनदेखि अफ-रोड यात्रासम्मका लागि उपयुक्त, दिगो तथा उन्नत सवारीको रुपमा प्रस्तुत गरिएको छ जसले नेपालको विद्युतीय सवारी बजारमा नयाँ विकल्प थपेको छ।

यो समाचार शेयर गर्नुहोस्
514SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?