काठमाडौं । आइतबार सम्पन्न ‘नाडा अटो शो–२०२५’ मा स्काइवेल ब्राण्डका १३१ गाडी बुकिङ भएका छन् । नेपालको लागि स्काइवेल गाडीको आधिकारिक विक्रेता जी मोटर्सले बुकिङको जानकारी दिएको हो ।
जी मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालका अनुसार अटो शो अवधिभर स्काइवेलका गाडीप्रति अवलोकनकर्ताको उल्लेख्य चासो देखिएको थियो । उनले भने, “अटो शो अवधिभर स्काइवेलका गाडी हेर्न आउनेहरूको आकर्षण उच्च रह्यो ।
नेपालमा हाल स्काइवेलका तीन मोडल उपलब्ध छन् । ६२० किलोमिटर रेन्जको ईटी–फाइभको मूल्य १ करोड १५ लाख रुपैयाँ, ५२० किलोमिटर रेन्जको बीई–इलेभेनको मूल्य ८९ लाख ९० हजार रुपैयाँ र ४१० किलोमिटर रेन्जको बीई–इलेभेनको मूल्य ७९ लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ ।
अटो शोमा बुकिङ गर्ने ग्राहकलाई जी मोटर्सले नगद छुट, युरोप घुम्ने अवसर र हिराको हार प्रदान गर्ने अफर उपलब्ध गराएको थियो । यही कारणले अटो शो अवधिभर स्काइवेलको स्टलमा दर्शकको भीड देखिएको हो ।
यसैबीच, स्काइवेलले हालै ‘क्यू’ मोडल नामक नयाँ इलेक्ट्रिक ह्याचब्याकको घोषणा गरिसकेको छ । कम्पनीका अनुसार सो गाडी सन् २०२५ को अन्त्यसम्म नेपालमा भित्रिने अपेक्षा गरिएको छ ।
गेलालले मूल्य महँगो भएको भन्ने गुनासोलाई सम्बोधन गर्दै भने, “गाडीको फिचर र गुणस्तरअनुसार मूल्य उचित छ । प्रयोग गरेपछि तपाईं सन्तुष्ट हुनुहुनेछ । मूल्य उच्च लाग्दैन ।”



































