National life

नाडा अटो शो २०२५ मा १.७६ लाख बढीले गरे अवलोकन, अटोमोबाइल चलायमान भएको दाबी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ भदौ २०८२, सोमबार
444Shares
नाडा अटो शो २०२५ मा १.७६ लाख बढीले गरे अवलोकन, अटोमोबाइल चलायमान भएको दाबी
ncell

काठमाडौँ। नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालद्वारा भाद्र ३ देखि ८ गतेसम्म आयोजित नाडा अटो शो २०२५ भव्यताका साथ सम्पन्न भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको १७ औँ संस्करणको यस प्रदर्शनीको समापन स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले गरेका हुन् ।

प्रदर्शनीमा २–पाङग्रे, ३–पाङग्रे, ४–पाङग्रे, लाइट कमर्शियल, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरू लगायत वित्तीय संस्था र इन्स्योरेन्सलाई समूह अनुसार छुट्टाइएको थियो ।

यस पटकको अटो शोमा १ लाख ७६ हजार ७८९ दर्शकहरूले अवलोकन गरेका छन्, जसले यसलाई ऐतिहासिक बनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आयोजकका अनुसार, उड्ने गाडी, रोबोट, र नयाँ विद्युतीय सवारीसाधनको उपस्थितिले दर्शकको ठूलो भीड लागेको जानकारी दिएको छ ।

प्रदर्शनी निकै व्यवस्थित र भव्य भएको अवलोकनकर्ताहरूले बताएका छन् । नाडाले सुस्त रहेको अटोमोबाइल व्यवसायलाई चलायमान बनाउन यसले मद्दत पुग्ने अपेक्षा गरेको छ ।

अन्तरक्रिया कार्यक्रमहरू-

नाडा अटो शोको अवसरमा विभिन्न विषयमा दैनिक अन्तरक्रिया कार्यक्रमहरू पनि आयोजना गरिएका थिए।

अन्तर्राष्ट्रिय अटो ट्रेड डायलग: भारतीय अटोमोबाइल मेनुफेक्चर्सका प्रतिनिधिहरूसँग ।

ड्राइभिङ द फ्युचर, इभी एडप्सन इन नेपाल: उद्योग वाणिज्य मन्त्रालयका सचिवसँग ।

कर्जा नीतिमा स्थिरता: नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरूप्रसाद पाैडेलसँग ।

फ्लाइङ कार टेक्नोलोजी र युथ मोबिलिटी एन्ड नेसनल ड्रिम: ड्रोन विशेषज्ञ तथा पूर्व राष्ट्र बैंकका गभर्नरसँग ।

सडक र यातायात: ट्राफिक प्रहरी कार्यालयका प्रमुखसँग ।

मेड इन नेपाल: नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीसँग ।

नाडाको महासंघमा रूपान्तरणको प्रस्ताव

समापनकै दिन नाडाको केन्द्रीय कार्यसमितिको बैठकले नाडा अटोमोबाइल्स महासंघ नेपालमा रूपान्तरण गर्ने प्रस्तावसहित विशेष साधारण सभा भाद्र २४ गते आह्वान गर्ने निर्णय गरेको छ । यो कदमलाई नाडाको स्वर्ण जयन्ती वर्षको ऐतिहासिक तयारीको रूपमा लिइएको छ ।

उत्कृष्ट स्टलहरूलाई सम्मान

प्रदर्शनीमा सहभागी कम्पनीमध्ये उत्कृष्ट स्टलहरूलाई सम्मान गरिएको छ।

उत्कृष्ट चारपाङ्ग्रे सवारीसाधन: दिपाल, एमएडब्लु अटो कर्प प्रा.लि.

उत्कृष्ट दुईपाङ्ग्रे सवारीसाधन: रोयल इनफिल्ड अल्फा अटोमोटिभ प्रा.लि.

उत्कृष्ट लाइट कमर्सियल भेहिकल: Dfsk श्री अद्धेत इभि प्रा.लि.

उत्कृष्ट सपोर्टिङ स्टल: हिटको प्रा.लि.

उत्कृष्ट बैंक तथा इन्स्योरेन्स: ग्लोबल आई.एम.ई. बैंक लिमिटेड

प्रदर्शनीको सफलतामा सहयोग पुर्‍याउने सबैलाई धन्यवाद दिँदै नाडाका अध्यक्ष करण चौधरीले प्रदर्शनी व्यवस्थापन गर्न नाडा अटो शो २०२५ तयारी समिति गठन गरिएको बताए ।

नाडा अटो शो २०२५ को सफल आयोजनामा संलग्न सह प्रायोजक


  • Co-Sponsor: Shikhar Insurance Company Ltd.

  • Powered By: Campa Cola

  • Mobility Partner: Yango

  • Exclusive Ticketing Partner: Khalti by IME

  • Official Internet Partner: WorldLink

  • Surveillance Partner: CCTV Nepal

  • Fire Safety Partner : Himalayan Safety Solutions Pvt. Ltd.

  • Hospital Partner: Kist Hospital

  • Hospitality Partner: The Plaza

  • Door Prize: Nepal Lube Oil Limited (Provide free lubricants in every service for one year for 12 lucky winners)

  • Shuttle Service : Mega Motors KAMA and Foton – MAW Vriddhi Commercial.

  • Multiplex Partner : INI Cinema

  • Telecom Partner :     Ncell Business

  • यो समाचार शेयर गर्नुहोस्
    444SHARES
    machhapuchhre
    shikhar insurance ad

    प्रतिक्रिया

    छुटाउनुभयो कि ?