National life

निसानको वहुप्रतिक्षित 'एसयूभी म्याग्नाईट फेसलिफ्ट' नेपाली बजारमा सार्वजनिक

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ फागुन २०८१, शुक्रबार
686Shares
निसानको वहुप्रतिक्षित 'एसयूभी म्याग्नाईट फेसलिफ्ट' नेपाली बजारमा सार्वजनिक
ncell

काठमाडौं। नेपाली बजारमा निसानको वहुप्रतिक्षित एसयूभी म्याग्नाईट फेसलिफ्ट सार्वजनिक भएको छ। आज एक कार्यक्रमको आयोजना गर्दै उक्त गाडी सार्वजनिक भएको हो ।

यसअघि सर्बाधिक रुचाइएको सब–फोर मिटर एसयूभीका रुपमा पहिचान कायम गरेको यस एसयूभीको अपडेटेड भर्सनमा डिजाइनदेखि सेफ्टि र प्रबिधीमा निकै सुधार गरिएको कम्पनीले जनाइएको छ।

नवप्रवर्तन र ग्राहक केन्द्रित डिजाइन जस्ता विशेषताका कारण नयाँ म्याग्नाइटको उपस्थितीसंगै नेपालमा निसानको उपस्थिति अझै बलियो बन्ने विश्वास कम्पनीले लिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
विश्वव्यापी रूपमा डिसेम्बर २०२० मा लन्च भएको म्याग्नाईट नेपालमा २०२१ मा पहिलो पटक लन्च भएको थियो ।

हालसम्म १ लाख ५० हजारभन्दा बढी यूनिट बिक्री भैसकेको यस एसयूभीको सफलताले निसानको ‘एक कार, एक विश्व’ रणनीतिलाई प्रतिविम्बित गर्ने जनाइएको छ ।

‘नयाँ निसान म्याग्नाइट फेसलिफ्टको लन्चले हाम्रो उत्कृष्टता प्रतिको गहिरो प्रतिबद्धता झल्काउँछ र नेपालका हाम्रा ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्ने हाम्रो समर्पणलाई थप मजबुत बनाएको छ । हामी विश्वस्त छौं कि नयाँ म्याग्नाइटले नेपाल र अन्य बजारहरूमा निरन्तर प्रभाव पार्नेछ’ पायोनिर मोटोकर्पका प्रबन्ध निर्देशक संदीप कुमार शारडाले भने

विशेषता

आधुनिक र गतिशील डिजाइन

नयाँ म्याग्नाइटमा लाइटसेवर शैलीका टर्न इन्डिकेटर सहित स्लिक एलईडी हेडलाम्प उपलब्ध गराइएको छ । यस सेग्मेन्टमै उत्कृष्ट थ्रीडी हनिकम्व प्याट्रन भएको एलईडी टेल ल्याम्प र एल–आकारको सिग्नेचर डिआरएल लाइटले यसलाई थप आकर्षक बनाउनुको साथै आधुनिक लुक्स समेत दिएको छ ।

रिफ्रेस गरिएको डिजाइनमा फ्लोटिङ अफलिफ्टेड स्किड प्लेट, ठूलो ग्रिल, नयाँ डुअल टोन १६ इन्च डायमण्ड–कट एलोई ह्विल, फंक्सनल रुफ रेल र श्रेणीमा उत्कृष्ट ग्राउन्ड क्लिरियन्स रहेका छन् । ६ वटा मोनोटोन तथा ५ वटा डुअल–टोन कलर अप्सनमा उपलब्ध यस नयाँ एसयूभीले चालकलाई विशिष्ट ड्राइभिङ अनुभव प्रदान गर्दछ ।

प्रिमियम र विलासी इन्टेरियर

थुप्रै फस्र्ट–इन–क्लास सेग्मेन्ट फिचरले सुसज्जित यस नयाँ एसयूभीमा अनौठो ३६० डिग्री लेदर प्याक समावेश छ । जसमा खैरो सुन्तला रंगको लेदरयुक्त ड्यासबोर्ड, हनीकम्ब सिलाइ ढाँचा भएका लेदरट सीटहरु राखिएका छन् ।

साथै, यसको ढोका, पार्किङ ब्रेक लीभर, स्टेरिङ र अगाडिको आर्मरेस्टमा लेदरट सजावट दिइएको छ । क्याबिनमा सबैभन्दा ठूलो स्टोरेज, सुधारिएको सीट, ३३६ लिटरबाट ६९० लिटरसम्म बढाउन मिल्ने बुट स्पेस र पछाडीको सिटलाई ६०ः४० को अनुपातमा स्प्लिट गर्न मिल्ने जस्ता विशेषता पाउन सकिन्छ ।

उन्नत प्रविधि

नयाँ निस्सान म्याग्नाइटमा २० भन्दा बढी पहिलो र सेग्मेन्टका उत्कृष्ट सुविधाहरू समावेश गरिएको छ । यसमा हिट गार्ड सहितको प्रिमियम सिलाइयुक्त लेदरट सीटहरू, मेमोरी फङ्सनसहितको मल्टि कलर एम्विएन्ट लाइट र प्लाज्मा क्लस्टर एयर आयनाइजर जस्ता विशेषता पाउन सकिन्छ ।

यो समाचार शेयर गर्नुहोस्
686SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?