National life

नेपालमा फोटोन टुनल्यान्ड G7 सार्वजनिक, तीन भेरियन्टमा उपलब्ध

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ असार २०८२, सोमबार
529Shares
नेपालमा फोटोन टुनल्यान्ड G7 सार्वजनिक, तीन भेरियन्टमा उपलब्ध
ncell

काठमाडौं । फोटोनको नयाँ पिकअप ट्रक टुनल्यान्ड G7 नेपालमा औपचारिक रूपमा सार्वजनिक गरिएको छ। पुलचोकस्थित ‘द प्लाजा’मा आयोजित कार्यक्रममा एमएडब्लू वृद्धि कमर्सियलले उक्त पिकअप सार्वजनिक गरेको हो। कम्पनीले यो सवारीलाई नेपालको भूगोल र सडक अवस्थालाई मध्यनजर गर्दै प्रस्तुत गरिएको बताएको छ।

टुनल्यान्ड G7 नेपालमा प्रवेश गर्नु अघि १५,००० किलोमिटर अफ-रोड परीक्षणमा सहभागी भएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसले २३ दिनमा ८ वटा उच्च र जटिल अफ-रोड भूभाग पार गरेको दाबी गरिएको छ। कम्पनीका अनुसार, यो ट्रायल परीक्षण चीनको विभिन्न कठोर भौगोलिक क्षेत्रहरूमा गरिएको हो।

इन्जिन र विशेषताहरू

टुनल्यान्ड G7 मा २.० लिटर टर्बो डिजेल इञ्जिन छ, जसले १६० एचपी पावर र ३९० एनएम टर्क उत्पादन गर्छ। यो सवारी 4x2 र 4x4 ड्राइभ अप्सनमा उपलब्ध छ। २२५ मिमी ग्राउन्ड क्लियरेन्स, हिल होल्ड कन्ट्रोल, हिल डिसेण्ट कन्ट्रोल, इलेक्ट्रोनिक डिफरेन्सियल लक जस्ता फिचरहरूले अफ-रोड क्षमतामा सहयोग पुर्‍याउँछन्।

यसमा १०.२५ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ब्लुटुथ कनेक्टिभिटी, रियर-भ्यू क्यामेरा, डुअल एयरब्याग, र ABS with EBD जस्ता आधुनिक सुरक्षा र सुविधाजनक फिचरहरू पनि समावेश छन्।

आराम र इन्टेरियर

टुनल्यान्ड G7 ले केवल प्रदर्शनमा मात्र नभई यात्राको सहजतालाई पनि ध्यान दिएको छ। १२.३ इन्चको इन्फिनिटी स्क्रिन, १२ तरिकाले एडजस्ट गर्न मिल्ने इलेक्ट्रिक सिटहरू, प्यानोरामिक सनरूफ, अटोमेटिक एयर कन्डिसनिङजस्ता सुविधाले चालक र यात्रु दुबैलाई सुविधा दिन्छ।

मूल्य र भेरियन्ट

नेपालमा टुनल्यान्ड G7 तीन भेरियन्टमा उपलब्ध छ:

Elite: रु. ५१.९९ लाख

Luxury: रु. ६५.४० लाख

Flagship: रु. ६९.९९ लाख

सार्वजनिक कार्यक्रममा एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले नेपालमा पछिल्ला वर्षहरूमा १,५०० भन्दा बढी फोटोन सवारी बिक्री भएको जानकारी दिए। तीमध्ये करिब ५०० पिकअप गाडी रहेका छन्। उनले G7 का लागि २०% कम मर्मत खर्च रहेको र आफ्टर सेल्स सर्भिसमा कम्पनी गम्भीर रहेको बताए।

फोटोन इन्टरनेशनलका अधिकारीहरूले टुनल्यान्ड G7 लाई नेपालको भूगोल र उपभोक्ताको आवश्यकतालाई मध्यनजर गर्दै उपलब्ध गराइएको बताएका छन्। यस पिकअपलाई व्यावसायिक प्रयोजनका साथै व्यक्तिगत यात्राका लागि पनि उपयुक्त बनाइएको छ।

कार्यक्रममा सहभागी ग्राहकहरूलाई गाडीको साँचो हस्तान्तरण गरिएको थियो। कम्पनीले निकट भविष्यमा अन्य मोडलहरू पनि नेपालमा ल्याउने संकेत दिएको छ।

 

यो समाचार शेयर गर्नुहोस्
529SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?