National life

नेपाली बजारमा ‘एमजी एस५ ईभी’ लञ्च, सुरुवाति मूल्य ४३ लाख ९९ हजार रुपैयाँ

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ फागुन २०८१, शुक्रबार
604Shares
नेपाली बजारमा ‘एमजी एस५ ईभी’ लञ्च, सुरुवाति मूल्य ४३ लाख ९९ हजार रुपैयाँ
ncell

काठमाण्डौ । नेपालका लागि एमजी मोर्टसको आधिकारी बिक्रेता,‘पारामाउन्ट मोटर्स’ले नेपाली बजारमा ‘एमजी एस५ईभी’ लञ्च गरेको छ । कम्पनीले काठमाण्डौको हायात रिजेन्सी होटलमा बिहिबार एक कार्यक्रमको आयोजना गर्दै एमजी एस५ ईभीआधिकारीक रुपमा लञ्च गरेको हो ।

लञ्च कार्यक्रममा मिडियाकर्मी,सक्रिया इन्फ्लुयन्सर,कर्पोरेट क्षेत्रका व्यक्तित्व र विभिन्न बैंकका सीईओहरुको उपस्थिती रहेको थियो ।

नेपाली बजारमा लञ्चसँगै कम्पनीले एमजी एस५ ईभीले विद्युतीय सवारी साधनको क्षेत्रमा नयाँ अध्याय थप्ने विश्वास गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो कार एमजी जेटएस ईभीको विकल्पको रुपमा आएको हो । यो कार कटिङ–ऐज टेक्नोलोजि,सुधारिएको पर्फरमेन्स र आधुनिक ईभी पारखीहरुका लागि प्रिमियम फिचर्सका साथ उपलब्ध छ ।

लञ्च इभेन्टमा बोल्दै पारामाउण्ट मोटर्सका जनरल म्यानेजर सुनिल बहादुर क्षेत्रीले भने,‘एमजी एस५ ईभी ४९ किलोवटा आवर र ६२ किलोवाट आवर गरी दुईवटा ब्याट्री क्षमतामा उपलब्ध छ । ४९ किलोवाट आवर ब्याट्री कम्फट र डिलक्स गरी दुईवटा भेरियन्टमा उपलब्ध छ ।

यस्तै ६२ किलोवाट आवर ब्याट्री भने डिलक्स भेरियन्टमा मात्रै उपलब्ध छ । यी दुवै भेरियन्ट ९९ किलोवाटबाट ब्याक्ड अप हुनुका साथै २५० एनएम टर्कबाट सुसज्जित छन् । कम्फट भेरियन्ट सिंगल चार्जमा ३४० किलोमिटरसम्म र डिलक्स भेरियन्ट ४३० किलोमिटरसम्म कुद्छ । कम्पनीले उच्च प्रदर्शनका साथ लामो यात्रा गर्न चाहनेहरुका लागि यो कार उत्तम विकल्प हुने विश्वास लिएको छ ।

कम्फट र डिलक्स भेरियन्टमा ४९ किलोवाट आवर र ९९ किलोवाट मोटरबाट सुसज्जित एमजी एस५ ईभीको सुरुवाति मूल्य क्रमशः ४३ लाख ९९ हजार रुपैयाँ र ४९ लाख ९९ हजार रुपैयाँ रहेको छ । तथापी ६२ किलोवाट आवर ब्याट्री भएको एमजी एस५ ईभीको मूल्य ५४ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
604SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?