National life

नेपाली बजारमा छिट्टै आउँदैछन् सेरेसका नयाँ मोडेल

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ जेठ २०८२, शुक्रबार
509Shares
नेपाली बजारमा छिट्टै आउँदैछन् सेरेसका नयाँ मोडेल
ncell

काठमाडौं । नेपालमा सेरेस सवारीसाधनको अधिकृत वितरक एमएडब्ल्यू अटोमोबाइलले छिट्टै नै तीनवटा नयाँ मोडेल सार्वजनिक गर्ने तयारी भइरहेको बताएको छ । यसले नेपाली बजारप्रति सेरेसको प्रतिबद्धता र यहाँको अटोमोबाइल क्षेत्रभित्र उसको उपस्थितिलाई अझै मजबुत बनाएको उसले दाबी गरेको छ ।

कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, "एमएडब्ल्यू अटोमोबाइलले गर्वका साथ आफूलाई नेपालको नम्बर १ अटोमोबाइल कम्पनीका रूपमा प्रस्तुत गरेको छ । जसको बलियो बिक्री र सेवा संरचनाले सेरेसका ग्राहकहरूलाई प्रत्यक्ष लाभ पुर्‍याएको छ ।

Royal Enfield
nic asia capital
हालसम्म नेपालभरि ५०० भन्दा बढी सेरेस गाडीहरू वितरण भइसकेका छन् । यो ग्राहकहरूको बढ्दो विश्वास र सेरेसप्रतिको सन्तुष्टि दर्शाएको प्रमाण हो ।"

ईभीका क्षेत्रमा प्रवेश गरेदेखि नै एमएडब्ल्यू वृद्धिले नेपालको दिगो यातायाततर्फको यात्रामा उल्लेखनीय योगदान पुर्‍याएको कम्पनीले जनाएको छ । ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिँदै देशभर फैलिएको सेवा केन्द्रहरूको सञ्जालमार्फत सेरेसले गाडीधनीहरूलाई सहज र समयमै सेवा उपलब्ध गराइएको पनि उसले बताएको छ।

एमएडब्ल्यू वृद्धिले हाल देशभर १२२ वटा चार्जिङ स्टेसन निर्माण गरिसकेको जनाएको छ । ती चार्जिङ स्टेसनले इभी सवारीधनीलाई सहजता प्रदान गर्ने आशा पनि कम्पनीले व्यक्त गरेको छ ।

सेरेसले ग्राहकसँगको आफ्नो साथ केवल खरिदको समयसम्म सीमित नरहने प्रतिबद्धता व्यक्त गरेको छ । नेपालको यातायात क्षेत्रलाई दिगो कालसम्म डोर्‍याउन सेरेसले महत्त्वपूर्ण भूमिका खेल्नेमा पनि कम्पनीले जोड दियो ।

यो समाचार शेयर गर्नुहोस्
509SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?