काठमाडौँ । नेपाली अटोमोबाइल बजारमा नयाँ इलेक्ट्रिक एमपीभी म्याक्ससको मिफा सेभेन आजबाट औपचारिक रूपमा सार्वजनिक भएको छ ।
आजदेखि भृकुटीमण्डपमा सुरु भएको नाइमा मोबिलिटी एक्स्पोमा या ईभी लञ्च भएको हो । सात सिट क्षमताको यो लक्जरी एमपीभीलाई म्याक्ससको नेपालका लागि आधिकारिक वितरक हिमालय मोट्रक्सले भित्र्याएको हो ।
मिफा सेभेन नेपालमा प्रिमियम कार चढ्नेहरूको लागि अत्यन्त उपयुक्त हुने कम्पनीको दाबी छ ।
चाइनाको प्रख्यात एसएआईसी मोटर ग्रुपअन्तर्गतको म्याक्सस ब्रान्डको यो गाडी अत्यन्त सुविधायुक्त प्रिमियम गाडीमा हेरिने गरिन्छ। केही समयअघि पहिला म्याक्सस ब्रान्डकै लक्जरी ई-टेरोन नाइन पिकअप समेत नेपालको मनाङ जिल्लामा लगेर लन्च गरिएको थियो।
हिमालयन मोट्रक्स हिमालय अर्गनाइजेसन अन्तर्गतको कम्पनी हो जुन अर्गनाइजेसन विगत ३० वर्षदेखि नै नेपालमा विभिन्न ब्राण्डका सवारीसाधनहरू आयात तथा विक्री वितरण गर्दै आइरहेको छ। मिफा सेभेनको मूल्य १ करोड २५ लाख रुपैयाँ र ई-टेरोन डबल क्याब इलेक्ट्रिक पिकअपको मूल्य करोड साख १९ हजार रहेको कम्पनीले जनाएको छ ।
१० किलोवाट आवर ब्याट्री क्षमता रहेको मिफा सेभेनले डिसी फार्स्ट चार्जर सर्पोट गर्छ । यो गाडी ३० मिनेटमा ३० देखि ८० प्रतिशतसम्म चार्ज हुने कम्पनीको दाबी छ। त्यस्तै, यस गाडीको ९० किलावाटको उच्च क्षमताको ब्याट्रीले ६३५ किमीसम्मको रेन्ज दिने दाबी कम्पनीको छ ।



































