काठमाडौँ । नेपालका लागि जिकर गाडीको आधिकारिक वितरक पायोनियर मोटोकर्पले दशैँतिहार र छठ लक्षित अभियान सार्वजनिक गरेको छ । पायोनियरले ‘जिकर फेस्टिभ थ्रिल’ अभियान सार्वजनिक गरेको जनाएको हो । यो क्याम्पियन खास गरी जिकरको एक्स मोडलका लागि लागू हुने जनाइएको छ ।
यो अफर अन्तर्गत अब ग्राहकहरूले ८४ लाख ९९ हजार रुपैयाँ मूल्य रहेको जिकर एक्स गाडी केवल ६९ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सक्नेछन् ।
https://www.youtube.com/watch?v=uLZDFse2csQ&t=2s
जिकर एक्समा २०० किलोवाटको मोटर रहेको छ । त्यस्तै लेभल २ एडीएएस प्रणाली, १९१ मिलिमिटर ग्राउन्ड क्लियरेन्स र ७ वटा एयरब्याग यसका प्रमुख विशेषता हुन् । जिकर एक्सले युरो एनक्याप, चाइना एनक्याप र ग्लोबल एनक्यापमा ५ स्टार सेफ्टी रेटिङ पाएको छ।
चाडपर्व अवधिभर ग्राहकहरूले सहज वित्तीय सुविधा र विशेष छुटसहित आफ्नो प्रिय गाडी खरिद गर्न सक्ने पायोनियरले जनाएको छ । ग्राहकहरूले आफ्नो नजिकको जिकर शोरुम पुगेर क्याम्पियन तथा गाडीका बारेमा थप जानकारी लिन सक्ने पायोनियर मोटोकर्पले जनाएको छ ।



































