काठमाडौं । हालै रसुवा जिल्लामा आएको बाढी तथा पहिरोका कारण उत्पन्न भयावह परिस्थितिले केवल मानवीय जनजीवन मात्र नभई मुलुकको प्रमुख व्यापारिक नाका-केरुङ ररसुवागढी—मार्फत हुने अटोमोबाइल आयात प्रणालीमा गहिरो असर पु¥याएको नाडाले जनाएको छ ।
यसले भन्सार परिसरमा रहेका निर्माणाधिन सुख्खा बन्दरगाह, पार्किङ्गमा रहेका कन्टेनरहरु समेत बगाएको छ। यस कठिन घडीमा नाडाले सम्पूर्ण पीडितहरूप्रति समवेदना प्रकट गरेको छ। आफ्नो घर, व्यवसाय र जीवनयापन गुमाउनु परेको पीडा अवर्णनीय रहेको भन्दैै सहानुभूति प्रकट गरेका छन् ।
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल, हरेक कठीन घडीहरुमा अटोमोवाइल क्षेत्रका सम्पूर्ण सदस्यहरूको सधैं साथमा रहदै आएको उल्लेख गर्दै पीडितहरूको हिम्मत, धैर्यता र पुनःस्थापनाका प्रयासमा ऐक्यबद्धता जनाएको छ ।
यस विषम परिस्थितिमा नाडाबाट कुनै सहयोग सम्भव छ भने जानकारी गराउनु समेत सम्बन्धित सवैमा हार्दिक नाडाले अनुरोध गरेको छ । यो संकटको घडीमा सबै मिलेर सहयोग र करुणाका साथ अघि बढन नाडाले अनुरोध छ।



































