काठमाडौँ । पोखरामा यामाहाको ब्लू फेस्ट २०८२ सुरु भएको छ । पर्यटकीय नगरी पोखराको सृजनाचोकमा आइतबार (असार १ गते) देखि “यामाहा ब्लू फेस्ट २०८२” सुरु भएको हो । उक्त फेस्ट आगामी असार ६ गतेसम्म चल्नेछ । यस कार्यक्रममा अवलोकनकर्ताले यामाहाका बाइक र स्कुटीसँग विभिन्न ब्रान्डका बाइक र स्कुटर एक्सचेन्ज गर्न सक्ने जनाइएको छ ।
फेस्टको अवधिभरि जुनसुकै ब्रान्डका बाइक न्यूनतम मूल्याङ्कन सहित साट्न सकिने कम्पनीले जनाएको छ। यामाहा ब्रान्डका बाइक वा स्कुटरमा न्यूनतम ५० हजार रुपैयाँ मूल्याङ्कन गरिने जनाइएको छ । यस्तै अन्य ब्रान्डका बाइकमा न्यूनतम २५ हजार रुपैयाँ मूल्याङ्कन गरिने कम्पनीले बताएको छ । कर चुक्ता भने अनिवार्य रहने कम्पनीले आफ्नो प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ । साथै, एक्सचेन्जमा १० हजार रुपैयाँ बोनस, ६ हजार रुपैयाँसम्मको नगद छुट, निःशुल्क एक्सेसरिज र चालू आर्थिक वर्षको सडक कर निःशुल्क भुक्तानी जस्ता अफरहरू उपलब्ध गराइने जनाइएको छ।
यामाहाका विभिन्न मोडलका बाइक र स्कुटर कार्यक्रम स्थलमा राखिएको छ। कम्पनीका अनुसार रे जेडआर १२५ एफआई हाइब्रिड, आर१५ भीफोर, एमटी १५ भीटु, एफजेड भीथ्री सिरीज, एरोक्स १५५ र डब्लुआर १५५आर मोडलहरू उपलब्ध छन्।
आयोजक एमएडब्लु राइड्सले कार्यक्रम सवारी साधन अपग्रेड गर्न चाहने उपभोक्तालाई लक्षित गरिएको जनाएको छ । एक्सचेन्ज अफरसँगै कार्यक्रम स्थलमा सवारी साधनका विशेषताबारे जानकारी लिने मौका पनि पाइनेछ।




































