National life

फक्सवागेनको भर्टुस र टाइगुनको बिक्री खुला, यस्तो छ मूल्य र विशेषता

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ साउन २०८२, बुधबार
532Shares
फक्सवागेनको भर्टुस र टाइगुनको बिक्री खुला, यस्तो छ मूल्य र विशेषता
ncell

काठमाडौं। जर्मन ब्राण्ड फक्सवागेनका दुई पावरफुल पेट्रोल कार नेपाली बजारमा सार्वजनिक भएको छ। नेपालका लागि फक्सवागेनको आधिकारिक वितरक पूजा इन्टरनेशनल नेपाल प्रालिले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा भर्टुस जीटी सेडान र नयाँ टाइगुन एसयूभी सार्वजनिक गरेको हो।

टाइगुनको ७ भेरियन्ट र भर्टुसको दुई भेरियन्ट कम्पनीले सार्वजनिक गरेको हो । कम्पनीले टाइगुनको बेसर भेरियन्टको मूल्य ५४ लाख ९० हजार र टप भेरियन्टको ८९ लाख रुपैयाँ तोकेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यस्तै, भर्टुसको म्यानुअलको ८४ लाख रुपैयाँ र अटोमेटिकको मूल्य ८९ लाख रुपैयाँ तोकेको छ ।

यी दुवै गाडीमा यस सेग्मेन्टकै सबैभन्दा पावरफुल १.५ लिटरको टर्वो पावर ईन्जिन जडान गरिएको छ। जर्मन प्रविधिबाट निर्मित यी गाडीमा ग्राहकले अतुलनीय सुरक्षा तथा पावर पर्फमेन्सको अनुभूति गर्न पाउने कम्पनीको दाबी छ ।

भर्टुस र टाइगुन दुवैमा पावरको आवश्यकता अनुसार दुई वा चारै सिलिण्डरद्वारा चल्ने १५०० सीसीको इन्जिन छ । यसले १५० हर्ष पावर शक्ति दिन्छ । दुवै कारले विश्वकै उच्च स्तरको सुरक्षा मापदण्ड एन क्यापमा ५ स्टार रेटिङ पाएका छन् । जसले ड्राइभर र प्यासेन्जर दुवैलाई सुरक्षित अनुभूति गराउँदछ ।

दुवै कारमा सेभेन स्पिड गियरबक्स, ६ वटा एयर ब्याग, इलेक्ट्रोनिक स्टायबिलिटी कन्ट्रोल, हिल होल्ड कन्ट्रोल छ ।

यो समाचार शेयर गर्नुहोस्
532SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?