National life

बजेटप्रति नाइमाको सकारात्मक प्रतिक्रिया, दीर्घकालीन नीतिगत सुधारको माग

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ जेठ २०८२, शुक्रबार
615Shares
बजेटप्रति नाइमाको सकारात्मक प्रतिक्रिया, दीर्घकालीन नीतिगत सुधारको माग
ncell

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को संघीय बजेटप्रति नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) ले सकारात्मक प्रतिक्रिया जनाएको छ। अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको प्रवर्द्धनमा केन्द्रित बजेटीय व्यवस्थालाई स्वागत गर्दै नाइमाले यसले व्यवसायीहरूमा दीर्घकालीन योजना बनाउन सहज वातावरण तयार भएको बताएको छ।

नाइमाले विगतमा पटक–पटक बदलिँदै आएको कर संरचना र नीतिगत अस्थिरताले व्यवसायमा नकारात्मक असर पारेको जनाउँदै यसपटक कर दर स्थिर राखिनुले आत्मविश्वास बढाएको उल्लेख गरेको छ। विद्युतीय सवारीसाधनप्रतिको कर नीतिमा निरन्तरता दिइनु सरकारको हरित ऊर्जा प्रवर्द्धन, स्वदेशी विद्युत प्रयोग र वातावरण संरक्षणप्रतिको प्रतिबद्धताको संकेत भएको नाइमाको भनाइ छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

चार्जिङ मेसिन उत्पादन तथा एसेम्बलिङ उद्योगका लागि उपकरणमा १ प्रतिशत मात्र भन्सार महसुल लाग्ने व्यवस्था र सवारीसाधनको प्राविधिक अवस्था परीक्षणका लागि फिटनेस केन्द्र स्थापना गर्ने योजना पनि सराहनीय रहेको नाइमाको धारणा छ। निजी क्षेत्रसँग सहकार्यमा यस्ता केन्द्रको विस्तारले दक्ष जनशक्ति विकास, सेवा प्रभावकारिता र पूर्वाधारको दिगोपनमा योगदान गर्ने विश्वास नाइमाले व्यक्त गरेको छ।

नाइमाले दीर्घकालीन दृष्टिकोण अनुरूप इन्धनबाट चल्ने सवारीसाधनमा लाग्ने अत्यधिक कर पुनरावलोकन गरिनुपर्ने र बजेटमा हाइब्रिड तथा प्लग-इन हाइब्रिड सवारीसाधनप्रतिको स्पष्ट नीति र प्रोत्साहन समावेश हुन नसकेको गुनासो गरेको छ। यी सवारीसाधन नेपालका भौगोलिक तथा व्यावहारिक सन्दर्भमा अझै उपयुक्त भए पनि बजेटमा आवश्यक सहजीकरण देखिएको छैन।

त्यस्तै, ‘मेक इन नेपाल’ अभियानलाई प्रवर्द्धन गर्ने उद्देश्यले एसेम्बलिङ तथा उत्पादन क्षमताको विकासका लागि कर प्रोत्साहन तथा लगानीमैत्री नीतिको अभाव रहेको नाइमाको भनाइ छ। नाइमाले बजेटका सकारात्मक पक्षको स्वागत गर्दै अटोमोबाइल क्षेत्रको दिगो विकासका लागि थप नीतिगत सुधार आवश्यक रहेको उल्लेख गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
615SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?