काठमाडौँ । ल्हेन्देखोलाको बाढीका कारण भन्सार यार्ड र सडक मार्गमा क्षति पु¥याएपछि १३ दिनसम्म बन्द अवस्थामा रहेको भन्सार प्रक्रिया पुनः सञ्चालनमा आएको छ।
असार २४ गते आएको बाढीले भन्सार यार्डमा पार्किङ गरेर राखेका अधिकांश मालवाहक ट्रक तथा कन्टेनरलाई बगाउनुका साथै क्षति पुगेर जोगिएका माल सामान पल्टी गराई सुरक्षित ठाउँमा राखिएको र सडक सञ्चालन भएसँगै भन्सार प्रक्रिया पूरा गरी काठमाडौँ पठाइएको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईको भनाई छ ।
स्थानीय प्रशासनको पहलमा टिमुरेदेखि स्याफ्रुबेँसीसम्म क्षति भएको सडक मर्मत सुधार भएसँगै भन्सार प्रक्रिया पूरा गरेका ३४ वटा मालवाहक ट्रक तथा कन्टेनर एवं १९ वटा विद्युतीय कार काठमाडौँतर्फ पठाइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार भने गत आवमा जाँच पास भइसकेका र चालकको अभावमा जाँच पास भए पनि भन्सार हातामै राखिएको थियो ।



































