National life

बिल्ट फर हिमालयज, फोटोन टुनल्यान्ड G7 अब नेपालमा डेब्यु गर्न तयार

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ असार २०८२, बुधबार
641Shares
बिल्ट फर हिमालयज, फोटोन टुनल्यान्ड G7 अब नेपालमा डेब्यु गर्न तयार
ncell

काठमाडौं । चीनको नम्बर १ व्यावसायिक सवारीसाधन ब्रान्ड फोटोनले नेपाली बजारमा नयाँ पिकअप गाडी ‘टुनल्यान्ड G7’ सार्वजनिक गर्न लागेको छ। ‘बिल्ट फर हिमालयज’ नारासहित ल्याउन लागिएको यो अत्याधुनिक गाडी विशेषगरी नेपालको जटिल भूगोल, उकालो–ओरालो र हिमाली बाटोहरूमै सहज सञ्चालन गर्न सकिने गरी निर्माण गरिएको कम्पनीको दाबी छ।

फोटोन टुनल्यान्ड G7 मा १६० हर्सपावर क्षमताको इन्जिन र ३९० एनएम टर्क उपलब्ध छ, जसले गर्दा यो गाडी सहरदेखि पहाडसम्मको यात्रामा शक्तिशाली प्रदर्शन गर्न सक्षम छ। २२५ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स, हिल होल्ड कन्ट्रोल र हिल डिसेन्ट कन्ट्रोल सुविधाले गाडीलाई उकालो वा ओरालो यात्रामा थप सुरक्षित बनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साथै, पुस-स्टार्ट बटनले गाडी सजिलै स्टार्ट गर्न सहयोग गर्छ।

यस गाडीमा यात्राको अनुभवलाई अझ सहज बनाउने उद्देश्यले १२.३ इन्चको इन्फिनिटी टचस्क्रिन, प्यानोरामिक सनरूफ, इलेक्ट्रिक एड्जस्ट हुने हीटेड र भेन्टिलेटेड सिट, तथा स्वचालित एयर कन्डिसनिङ सिस्टम जस्ता फिचरहरू उपलब्ध गराइएको कम्पनीले जनाएको छ। यी सबै सुविधाले यात्रा केवल गन्तव्यमा पुग्ने साधन होइन, एक स्मरणीय अनुभव बनाउने उद्देश्य राखेको प्रस्ट हुन्छ।

फोटोनले अटोनोमस कमर्सियल भेहिकल सार्वजनिक गर्ने चीनको पहिलो कम्पनी हो र उसले निरन्तर प्रविधिमा अग्रता लिँदै आएको छ। टुनल्यान्ड G7 त्यसै इनोभेसनको अर्को उपलब्धि हो, जुन अब नेपाली ग्राहकका लागि सुलभ र उपयुक्त बनाइएको छ। व्यवसायिक प्रयोजनदेखि पारिवारिक यात्रासम्मको लागि भरपर्दो विकल्पका रूपमा फोटोन टुनल्यान्ड G7 नेपाली बजारमा डेब्यु गर्न तयार भएको हो।

यो समाचार शेयर गर्नुहोस्
641SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?