National life

बीवाईडी सिगललाई “२०२५ वर्ल्ड अर्बन कार अफ द इयर” पुरस्कार

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ वैशाख २०८२, शुक्रबार
562Shares
बीवाईडी सिगललाई “२०२५ वर्ल्ड अर्बन कार अफ द इयर” पुरस्कार
ncell

काठमाडौँ । बीवाईडी सिगल अर्थात डल्फिन मिनीले “२०२५ वर्ल्ड अर्बन कार अफ द इयर”को उपाधि जित्न सफल भएको छ। वर्ल्ड कार अवार्ड कार्यक्रम अन्तर्गत उक्त मोडलले पुरस्कार जितेको हो ।

अप्रिल १६ मा अमेरिकाको न्युयोर्कमा आयोजित न्युयोर्क इन्टरनेसनल अटो शोमा विश्वभरका ११ उत्कृष्ट सवारीसाधनहरूसँग प्रतिस्पर्धा गर्दै बीवाईडीले पहिलोपटक चिनियाँ अटोमोटिभ ब्रान्डको रूपमा यो अवार्ड हात पारेको हो।

यस ऐतिहासिक जितले विश्वव्यापी न्यु इनर्जी भेइकल (एनईभी) क्षेत्रमा बीवाईडीको अग्रणी स्थानलाई फेरि एकपटक अन्तर्राष्ट्रिय स्तरमा पुष्टि गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बीवाईडी सिगलले ओसन एस्थेटिक्स डिजाइनलाई समेटेको छ । त्यस डिजाइनले गाडीलाई ताजा, आकर्षक र आधुनिक बनाएको दाबी गरिएको छ । यो मोडल विभिन्न प्रमुख बजारहरूमा लगातार बेस्ट सेलरको रूपमा स्थापित हुँदै आएको छ।

यसपटक वर्ल्ड कार अवार्डका ९६ जना अन्तर्राष्ट्रिय निर्णायकहरूलाई यस कारको डिजाइन, अर्बन मोबिलिटी परफर्मेन्स र युनिभर्सल मार्केट अपिलले प्रभावित गरेको कम्पनीको भनाइ छ ।

बीवाईडीका एक्जिक्युटिभ भाइस प्रेसिडेन्ट स्टेला लीले भनिन्, “बीवाईडी सिगललाई वर्ल्ड अर्बन कारकों रूपमा सम्मानित गरिनु हाम्रो लागि गर्वको विषय हो। यसले हामीले विश्वव्यापी ग्राहकहरूलाई दिगो प्रविधि र उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धतालाई पुष्टि गर्छ।”

पछिल्ला वर्षहरूमा बीवाईडीले अन्तर्राष्ट्रिय बजारमा उचाइ लिँदै आएको छ। २०२४ मा बीवाईडी डल्फिन “वर्ल्ड अर्बन कार”को शीर्ष ३ मा पुग्न सफल भएको थियो । यस्तै, बीवाईडी सिल “२०२४ वर्ल्ड कार अफ द इयर”को शीर्ष ३ मा पर्न सफल भएको थियो ।

नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रा।लि।ले बीवाईडी सिगलको नेपाली सडकमा परीक्षण गरिसकेको छ। कम्पनीले छिट्टै नेपालमा यसको आधिकारिक लन्च गर्ने बताइएको छ ।

बीवाईडी सिगल अर्थात डल्फिन मिनीले “२०२५ वर्ल्ड अर्बन कार अफ द इयर”को उपाधि जित्न सफल भएको छ। वर्ल्ड कार अवार्ड कार्यक्रम अन्तर्गत उक्त मोडलले पुरस्कार जितेको हो ।

अप्रिल १६ मा अमेरिकाको न्युयोर्कमा आयोजित न्युयोर्क इन्टरनेसनल अटो शोमा विश्वभरका ११ उत्कृष्ट सवारीसाधनहरूसँग प्रतिस्पर्धा गर्दै बीवाईडीले पहिलोपटक चिनियाँ अटोमोटिभ ब्रान्डको रूपमा यो अवार्ड हात पारेको हो।

यस ऐतिहासिक जितले विश्वव्यापी न्यु इनर्जी भेइकल (एनईभी) क्षेत्रमा बीवाईडीको अग्रणी स्थानलाई फेरि एकपटक अन्तर्राष्ट्रिय स्तरमा पुष्टि गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बीवाईडी सिगलले ओसन एस्थेटिक्स डिजाइनलाई समेटेको छ । त्यस डिजाइनले गाडीलाई ताजा, आकर्षक र आधुनिक बनाएको दाबी गरिएको छ । यो मोडल विभिन्न प्रमुख बजारहरूमा लगातार बेस्ट सेलरको रूपमा स्थापित हुँदै आएको छ।

यसपटक वर्ल्ड कार अवार्डका ९६ जना अन्तर्राष्ट्रिय निर्णायकहरूलाई यस कारको डिजाइन, अर्बन मोबिलिटी परफर्मेन्स र युनिभर्सल मार्केट अपिलले प्रभावित गरेको कम्पनीको भनाइ छ ।

बीवाईडीका एक्जिक्युटिभ भाइस प्रेसिडेन्ट स्टेला लीले भनिन्, “बीवाईडी सिगललाई वर्ल्ड अर्बन कारकों रूपमा सम्मानित गरिनु हाम्रो लागि गर्वको विषय हो। यसले हामीले विश्वव्यापी ग्राहकहरूलाई दिगो प्रविधि र उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धतालाई पुष्टि गर्छ।”

पछिल्ला वर्षहरूमा बीवाईडीले अन्तर्राष्ट्रिय बजारमा उचाइ लिँदै आएको छ। २०२४ मा बीवाईडी डल्फिन “वर्ल्ड अर्बन कार”को शीर्ष ३ मा पुग्न सफल भएको थियो । यस्तै, बीवाईडी सिल “२०२४ वर्ल्ड कार अफ द इयर”को शीर्ष ३ मा पर्न सफल भएको थियो ।

नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रा।लि।ले बीवाईडी सिगलको नेपाली सडकमा परीक्षण गरिसकेको छ। कम्पनीले छिट्टै नेपालमा यसको आधिकारिक लन्च गर्ने बताइएको छ ।

यो समाचार शेयर गर्नुहोस्
562SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?