काठमाडौं । भेष्पा र अप्रिलियाका स्कुटर प्रयोगकर्ताका लागि खुसीको खबर छ । डेल्टा अटोकर्प प्रालि, भेष्पा अप्रिलियाका लागि नेपालको आधिकारिक बिक्रेताले काठमाडौंको बौद्ध, पिपलबोटमा नयाँ र आधुनिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ।
कम्पनीका अनुसार यस सर्भिस सेन्टरमार्फत ग्राहकलाई अझ सहज, भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्य राखिएको छ। उद्घाटन अवसरमा कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हामी हाम्रा ग्राहकहरूलाई उत्कृष्ट सेवा दिन सधैं प्रतिबद्ध छौं ।
नयाँ सर्भिस सेन्टरमा अत्याधुनिक उपकरण तथा दक्ष र अनुभवी प्राविधिकहरूको टोली उपलब्ध रहेको कम्पनीले जनाएको छ। स्कुटरको मर्मत, नियमित सर्भिस तथा स्पेयर पार्ट्सको उपलब्धता एउटै छानामुनि सुनिश्चित गरिएको छ, जसले गर्दा ग्राहकलाई थप सुविधा मिल्नेछ।
डेल्टा अटोकर्पका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजय महतोले नयाँ सर्भिस सेन्टरले बिक्रीपछिको सेवाको दायरा अझ फराकिलो बनाउने बताए। उनले भने, “हामी सधैं ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्छौं । यो नयाँ सर्भिस सेन्टरले हाम्रो सेवा प्रणालीलाई अझ प्रभावकारी बनाउनेछ।”



































