National life

मेगा सर्भिस क्याम्प २०२५ सफलतापूर्वक सम्पन्न, विशेष सेवा अफर बारे जानकारी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ फागुन २०८१, सोमबार
528Shares
मेगा सर्भिस क्याम्प २०२५ सफलतापूर्वक सम्पन्न, विशेष सेवा अफर बारे जानकारी
ncell

काठमाडौँ । रोयल इनफिल्ड नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रा.लि.द्वारा आयोजित पहिलो संस्करणको ‘मेगा सर्भिस क्याम्प २०२५’ सफलता पूर्वक सम्पन्न भएको छ ।

उक्त क्याम्प रोयल इनफिल्डको सर्भिस सेन्टर बलकुमारी, ललितपुरमा मार्च ७ देखि मार्च ९ (फागुन २३–२५) सम्म आयोजना गरिएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कार्यक्रमको औपचारिक उद्घघाटन अल्फा अटोमोटिभ प्रा.लि.का निर्देशक मेघराज पौडेलले गरेका थिए।

तीन दिनसम्म सञ्चालन भएको यो क्याम्प रोयल इनफिल्ड राइडर एवंम ग्राहक महानुभावहरूका लागि विशेष सेवा अफर, हेल्मेट सेफ्टीका बारेमा जानकारी, विशेषज्ञहरूसँग अन्तरक्रिया, र मनोरञ्जनात्मक गतिविधिहरू सहित आयोजना गरिएको थियो ।

यस क्याम्पमा ग्राहकहरूका लागि विभिन्न विशेष सर्भिस अफरहरू उपलब्ध गराइएको थियो, तथा स्पेयर पाट्र्स, लुब्रिकेन्ट, र श्रम शुल्कमा १०% छुट को पनि ब्यवस्था गरीएको थियो । त्यसैगरी, सहभागीहरूले ग्यारेन्टी उपहार, विशेष सर्भिसिङ छुट, लक्कि ड्र उपहार, रमाइला खेलहरू, विशेषज्ञहरूसँग अन्तरक्रिया, छिटो मर्मत सेवा, फ्रि वास, बाइक एक्सचेन्ज सुविधा, बाइक फाइनान्स सुविधा र रोयल इनफिल्ड राइडरहरूका लागि दिवा खनाको समेत ब्यवस्था गरीएको थियो ।

ग्राहकहरूबाट उत्कृष्ट प्रतिक्रिया

यस क्याम्पमा तीन दिनको अवधिमा झण्डै २,००० जना सहभागी भए भने ५०० भन्दा बढी बाइकहरूको सर्भिसिङ गरिएको थियो । महिला राइडरहरू तथा पुराना ग्राहकहरूले समेत कार्यक्रममा उत्साहजनक सहभागिता जनाएका थिए ।

अल्फा अटोमोटिभ प्रा. लि.का निर्देशक श्री मेघराज पौडेलले भने, “यस प्रकारको कार्यक्रमले ग्राहक र कम्पनीबीचको सम्बन्ध अझ मजबुत बनाउँछ । यसले ग्राहकहरूलाई सिधै कम्पनीका अधिकारीहरूसँग अन्तरक्रिया गर्न अवसर प्रदान गर्छ।“

सर्भिस क्याम्पमा सहभागी ग्राहक प्रज्वल नेपालले भने, “मैले फेसबुकमा यो कार्यक्रमको प्रचार देखेपछि सहभागी हुने निर्णय गरेँ। बाइकको सर्भिस गराएँ, विशेषज्ञ प्रविधिज्ञहरूसँग अन्तरक्रिया गर्ने अवसर पाएँ, साथै बाइकका पाट्र्स र मर्मत सम्बन्धी नयाँ कुरा सिक्न पाएँ। यो राम्रो अनुभव रह्यो, धन्यवाद रोयल इनफिल्ड नेपाल!“

वार्षिक रूपमा मेगा सर्भिस क्याम्प आयोजना गरिने घोषणा

प्रत्येक वर्ष नेपाल भरीनै, मेगा सर्भिस क्याम्प आयोजना गर्ने घोषणा गरीएको छ । आगामी वर्षहरूमा अझ स्तरीय सेवा र ग्राहक संलग्नता प्रदान गरिने प्रतिबद्धता कम्पनीले जनाएको छ।

 

यो समाचार शेयर गर्नुहोस्
528SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?