National life

यामाहा नेपालद्वारा काठमाडौंको गोंगबुमा नयाँ थ्रीएस शोरुमको उद्घाटन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ असार २०८२, शुक्रबार
512Shares
यामाहा नेपालद्वारा काठमाडौंको गोंगबुमा नयाँ थ्रीएस शोरुमको उद्घाटन
ncell

काठमाडौं । यामाहा नेपालले काठमाडौँको गोंगबुमा नयाँ थ्रीएस फ्यासिलिटी (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) भएको शोरुम ‘मोटो क्राफ्ट्स प्रा. लि.’ को उद्घाटन गरेको छ।

टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी एवम् एमएडब्ल्यू ग्रुप अफ कम्पनीजका समूह निर्देशक गोपाल कुमार अग्रवाल र एमएडब्ल्यू राइड्स प्रालि का कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवालको उपस्थितिमा शोरुमको औपचारिक उद्घाटन गरिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कार्यक्रममा टोखा वडा नम्बर ९ का वडा अध्यक्ष रामभक्त घिमिरेको पनि उपस्थिति थियो ।

आधुनिक पूर्वाधार र दक्ष टिम सहितको मोटो क्राफ्ट्स प्रालि ले अब यामाहाको विश्वसनीय थ्रीएसको अनुभव एकै छानामुनि उपलब्ध गराउने जनाएको छ । त्यहाँ ग्राहकहरूले विस्तृत सेल्स कन्सल्टेसन र भरपर्दो आफ्टर सेल्स सर्भिससँगै सक्कली स्पेयर पार्ट्स पनि एकै स्थानमा पाउन सक्नेछन्।

कार्यक्रममा बोल्दै गोपालकुमार अग्रवालले यामाहा पर्फर्मेन्स, भरपर्दो प्रविधि र इनोभेसनसँग जोडिएको ब्रान्ड भएको बताए । गोंगबुमा मोटो क्राफ्ट्स सुरु गरेर आफूहरूले नयाँ शोरुम मात्र खोलेका नभई यामाहाका प्रत्येक ग्राहकसम्म पुग्ने गरी उत्कृष्टताको प्रतिबद्धता पनि फैलाइरहेको उल्लेख गरे ।

कार्यक्रममा आफ्नो धारणा राख्दै एमएडब्लु राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपककुमार अग्रवालले गोंगबुमा नयाँ थ्रीएस शोरुम सुरु गर्नु भनेको हामीले यामाहाका उत्कृष्ट उत्पादन र सेवाहरू ग्राहकको नजिक पुर्‍याउने प्रयासकै अर्को कदम भएको दाबी गरे ।

मोटो क्राफ्ट्सका कार्यकारी निर्देशक सुरोज न्हेम्हाफुकीले आफूहरू मोटो क्राफ्ट्सबाट उच्च गुणस्तरका यामाहा दुई पाङ्ग्रे सवारी साधनको बिक्री मात्र नभई भरपर्दो आफ्टर सेल्स सर्भिस मार्फत पनि उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न समर्पित रहेको बताए ।

नयाँ शोरुमको शुभारम्भसँगै यामाहा नेपालले आफ्नो डिलर नेटवर्क अझ सशक्त बनाएको छ। अब गोंगबु र आसपासका ग्राहकले सजिलै यामाहाका मोटरसाइकल, स्कुटर, सर्भिस र स्पेयर पार्ट्स पाउन सक्नेछन्।

यो समाचार शेयर गर्नुहोस्
512SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?