National life

विद्युतीय सवारीको विस्तारमा प्रोटन र जगदम्बाको साझा लक्ष्य

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ भदौ २०८२, सोमबार
467Shares
विद्युतीय सवारीको विस्तारमा प्रोटन र जगदम्बाको साझा लक्ष्य
ncell

काठमाडौँ । प्रोटन मलेसिया र जगदम्बा मोटर्सले नेपालमा विद्युतीय सवारीको भविष्य बलियो बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रोटोन मेलिसिया र जगदम्बा मोटर्सले संयुक्त रूप प्रेस विज्ञप्ति जारी गर्दै सो कुरा उल्लेख गरेका हुन् । दुवैले e.MAS 7 गाडीको सार्वजनिकीकरणलाई ऐतिहासिक क्षण भएको जनाएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
नेपालमा उक्त गाडी गत मार्चमा लन्च भएको थियो । मलेसियामा भने सो गाडी २०२४ को अन्त्यतिर सार्वजनिक गरिएको थियो । प्रोटनले उक्त मोडल मलेशियामा निर्माण गरिएको पहिलो ईभी भएको जनाएको छ ।

सन् २०१८ नोभेम्बरदेखि नेपालमा प्रोटनको एकमात्र आधिकारिक वितरकको रूपमा रहेका जगदम्बा मोटर्सले नेपाली बजारमा प्रोटन ब्रान्डलाई स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको छ। नयाँ e.MAS 7 गाडी प्रोटन र चिनियाँ कम्पनी जिलीको सहकार्यमा तयार गरिएको हो। विश्वस्तरीय प्रविधि र स्थानीय आवश्यकताअनुसारको डिजाइन यो गाडीको विशेषता हो।

काठमाडौंमा आयोजित समारोहमा प्रोटनका प्रमुख कार्यकारी अधिकृत डा. ली चुनरोङ्ग स्वयम् उपस्थित भएर गाडी सार्वजनिक गरे। यो उपस्थितिले नेपाली बजारप्रति प्रोटनको दीर्घकालीन प्रतिबद्धता देखाएको छ। प्रोटन इन्टरनेशनल कर्पोरेशनका सीईओ एडमण्ड लिम मङ थोङले प्रोटन र जिलीबीचको सहकार्य सफल भएको भन्दै नेपालमा दीर्घकालीन रूपमा सशक्त सेवा र समर्थन उपलब्ध गराउने बताए।

जगदम्बा मोटर्सले हालसम्म तीनवटा शोरूम र सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ र २०२५ को अन्त्यसम्म १२ वटा सञ्चालनमा ल्याउने योजना बनाएको छ। कम्पनीले ग्राहकलाई सहज बिक्रीपछिको सेवा दिन उपयुक्त पूर्वाधार विकास गरिरहेको छ।

जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले नेपालमा विद्युतीय सवारीलाई सहज, भरपर्दो र लोकप्रिय बनाउने लक्ष्यसहित प्रोटनसँगको सहकार्य अघि बढाइएको बताए।

मलेसियन बजारमा Proton e.MAS 7 ले निकै राम्रो सफलता पाएको छ। यो गाडी हाल मलेसियाको सबैभन्दा धेरै बिक्री हुने EV बनेको छ।

यो साझेदारीमार्फत प्रोटन र जगदम्बा मोटर्सले नेपालमा हरित यातायातको प्रवर्द्धन गर्दै विद्युतीय सवारीको भविष्य निर्माण गर्ने उद्देश्य राखेका छन्।

यो समाचार शेयर गर्नुहोस्
467SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?