National life

विरोधको बीच धमाधम इम्बोस्ड नम्बर प्लेट जडान गर्दै सरकार, नौ वटा कार्यालय नै तोकियो

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ भदौ २०८२, आइतबार
547Shares
विरोधको बीच धमाधम इम्बोस्ड नम्बर प्लेट जडान गर्दै सरकार, नौ वटा कार्यालय नै तोकियो
ncell

काठमाडौँ । चौतर्फी आलोचनाका बीच सरकारले इम्बोस्ड नम्बर प्लेट जडानलाई तीव्रता दिइरहेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले सवारीसाधनमा इम्बोस्ड सवारी नम्बर प्लेट जडान कार्यलाई देशभर विस्तार गर्ने जनाएको छ।

विभागले विभिन्न प्रदेशका नौवटा कार्यालय तोकेर क्रमशः जडान गरिरहेको छ। विभागका अनुसार हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका कार्यालयहरूमा नम्बर प्लेट जडान भइरहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यातायात व्यवस्था कार्यालय एकान्तकुना (साना ठुला सवारी), हेटौँडा, गुर्जुधारा (काठमाडौँ), पोखरा (कास्की), बुटवल (रुपन्देही), तुलसीपुर (दाङ), नेपालगञ्ज (बाँके), सुर्खेत र सवारी परीक्षण कार्यालय टेकुमा हालैदेखि जडान कार्य सञ्चालनमा छन्।

साथै, सुदूरपश्चिम प्रदेशअन्तर्गत धनगढी र कञ्चनपुरमा भने ०८२ असोज १ गतेदेखि जडान कार्य सुरु हुने भएको छ। त्यस्तै, मधेश प्रदेशअन्तर्गत वीरगन्ज (पर्सा) र लहान (सिराहा) कार्यालयमा, बागमती प्रदेशअन्तर्गत चितवनमा, कोशी प्रदेशअन्तर्गत इटहरी (सुनसरी) र बिर्तामोड (झापा) कार्यालयमा पनि क्रमशः नम्बर प्लेट जडान सुरु हुने विभागले जनाएको छ।

सरकारले यातायात प्रणालीलाई आधुनिक, सुरक्षित र पारदर्शी बनाउन इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्ने नीति लिएको छ। यसले ट्राफिक व्यवस्थापनलाई सहज बनाउने, अपराध नियन्त्रणमा सहयोग पुग्ने र डिजिटल प्रणालीमार्फत निगरानी गर्न सजिलो हुने विभागको भनाई छ ।

https://aarthikvoice.com/archives/70787

https://aarthikvoice.com/archives/71815

यो समाचार शेयर गर्नुहोस्
547SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?