काठमाडौँ । जुनसुकै सवारी साधन प्रयोगकर्ताले वार्षिक रूपमा सरकारलाई कर तिर्नु पर्छ। हाल प्रदेश सरकारहरूले फरक फरक तरिकाले करको दर निर्धारण गरेका छन्। आफूले जुन प्रदेशमा सवारी साधन दर्ता गरेको छ, त्यही अनुसारको कर तिर्नु पर्छ ।
समयमै सवारी कर तिर्नु नागरिकको दायित्व हो।
सबै सवारी साधनको ब्लु बुक (सवारीको विस्तृत विवरण) को सुरुको पेजमा सवारी दर्ता मिति लेखिएको हुन्छ। सोही मिति अनुसार नै हरेक वर्ष नवीकरण मिति कायम गरिन्छ। दर्ता मितिमा जुन महिना उल्लेख गरिएको हुन्छ, हरेक वर्षको त्यही महिनामा नवीकरण गर्नुपर्ने हुन्छ। नवीकरण मितिभित्रै प्रयोगकर्ताले कर तिरेको खण्डमा जरिवाना लाग्दैन ।
ब्लुबुकमा पछिल्लो पेजमा सवारी नवीकरण मिति हुन्छ, जसमा जाँचेको मिति र म्याद पुग्ने मिति हुन्छ । मानिसहरूले कर तिर्दा म्याद पुगेको मितिको ९० दिन भित्र कर तिर्दा जरिवाना तिर्नु पर्दैन। तर त्यो मिति आर्थिक वर्षको चैत्रदेखि असार मसान्त सम्मको मितिलाई भने मान्य हुँदैन।
उदाहरणको लागि कुनै सवारी साधनको भाद्र महिनामा म्याद सकिन्छ भने त्यो सवारी साधनको कर मंसीर महिनासम्म तिर्न पाइन्छ । तर कसैको चैत्रमा म्याद सकिने मिति छ भने यो अवस्थामा ९० दिन थप पाइँदैन । वैशाख, जेष्ठ र असारमा म्याद सकिने सवारी साधनको कर पनि चैत्र सम्म नतिरी वैशाखमा तिरेमा सवारी करको १० प्रतिशत थप जरिवाना लाग्ने गर्दछ ।
साथै, ३० दिन कटेपछि ४५ दिनसम्म पनि नतिरे १५ प्रतिशत र ४५ दिन कटेपछि २० प्रतिशत जरिवाना लाग्ने छ भने त्यो आर्थिक वर्ष नै कटेको खण्डमा ३२ प्रतिशत जरिवाना लाग्ने गर्दछ । सोही अनुसार बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लाग्ने सवारीसाधनको वार्षिक कर यथावत् राखेको छ।
कुन सवारीमा कति लाग्छ वार्षिक कर?
निजीतर्फ
१ हजार सीसीसम्म वार्षिक २२ हजार
१ हजारदेखि १५ सय सीसीसम्म वार्षिक २५ हजार
१५ सयदेखि २ हजार सीसीसम्म वार्षिक २७ हजार
२ हजारदेखि २५ सय सीसीसम्म वार्षिक ३७ हजार
२५ सयदेखि ३ हजार सीसीसम्म ५० वार्षिक हजार
३ हजारदेखि ३५ सय सीसीसम्म वार्षिक ६५ हजार
३५ सय सीसीभन्दा माथि सबैको वार्षिक ७० हजार
मेसिनरी उपकरण वार्षिक ४० हजार
टिपरको वार्षिक ३९ हजार
मिनिटिपरको वार्षिक ३३ हजार
मोटरसाइकल तथा स्कुटर
१ सय २५ सीसीसम्मको ३ हजार
१ सय २५ देखि १ सय ५० सीसीसम्मको ५ हजार
१ सय ५० देखि २ सय २५ सीसीसम्मको ५ हजार ५ सय
२ सय २५ देखि ४ सय सीसीसम्मको १२ हजार
४ सयदेखि ६ सय ५० सीसीसम्मको २५ हजार
२६ सय ५० सीसीभन्दा माथि सबैको ३५ हजार
भाडामा दर्ता भएको कार, जिप, भ्यान र माइक्रोबस
१ हजार सीसीसम्मको ११ हजार
१ हजारदेखि १५ सय सीसीसम्मको १२ हजार ५ सय
१ हजार ५ सयदेखि २ हजार सीसीसम्मको १३ हजार ५ सय
२ हजारदेखि २ हजार ५ सय सीसीसम्मको १४ हजार ५ सय
२ हजार ५ सयदेखि ३ हजार सीसीसम्मको १६ हजार ५ सय
३ हजारदेखि ३५ सय सीसीसम्मको १७ हजार ५ सय
३ हजार ५ सयदेखि ४ हजार सीसीसम्मको १९ हजार
४ हजार सीसीभन्दा माथि सबैको २२ हजार
मेसिनरी उपकरणको २१ हजार
टिपरको १९ हजार
मिनिटिपरको १८ हजार
निजी विद्युतय कार
५० किलोवाटसम्म मोटर पावर भएकोलाई ५ हजार
५० देखि १ सय २५ किलोवाट मोटर पावर भएकोलाई १५ हजार
१ सय २५ देखि २ सय किलोवाट मोटर पावर भएकोलाई २० हजार
२ सय किलोवाट मोटर पावरभन्दा माथिकोलाई ३० हजार
भाडामा दर्ता भएका विद्युतीय कार, जिप, भ्यान र माइक्रोबस
२० किलोवाटदेखि ५० किलोवाट मोटर पावर भएकालाई ३ हजार
५० देखि १ सय २५ किलोवाट मोटर पावर भएकालाई ५ हजार
१ सय २५ देखि २ सय किलोवाट मोटर पावर भएकालाई १० हजार
२ सय किलोवाटभन्दा माथि मोटर पावर भएकालाई १५ हजार




































